२७ जेष्ठ २०८२, सोमबार
२७ जेष्ठ २०८२, सोमबार
जाजरकोटमा काण्ड काठमान्डौमा पक्राउ
जाजरकोटमा काण्ड काठमान्डौमा पक्राउ
  • न्युज डेस्क

२६ जेठ जाजरकोट । जाजरकोटका एक युवकलाई चक्कु प्रहार गर्ने काठमान्डौमा पक्राउ परेका छन ।जेठ ६ गते बिहान ८ बजेतिर जाजरकोट कुशे गाउँपालिका वडा नं ५ साँधी विसाउनास्थित एक होटलको आँगनमा कुशे –८ का २१ वर्षीय आनन्द सिंहमाथि चक्कु प्रहार भएको थियो। गाडी समितिको विषयलाई लिएर सिंहमाथि चक्कु प्रहार गरी तीन जना फरार भएका थिए।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हरिराम डाँगीका अनुसार सिंहमाथि कुशे–७ समकोटका २७ वर्षीय दिपेन्द्र सिंह, सोही ठाउँकै २७ वर्षकै तप्त सिंह भनिने तप्तबहादुर शाही र सोही ठाउँकै २३ वर्षीय भिम सिंहले मिलेर हात खुट्टा बाँधी चक्कुले पालैपालो टाउको, निधार, हात, खुट्टा तथा शरीरका विभिन्न भागमा प्रहार गरी सख्त घाइते बनाएका थिए।चक्कु प्रहारको घटनापछि उनीहरू फरार भएका थिए। दिपेन्द्र सिंह र तप्त सिंह भनिने तप्तबहादुर शाही काठमाडौंबाट पक्राउ परेका हुन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुसँग समन्वय गरी उनीहरूलाई पक्राउ गरिएको हो।

  • २७ जेष्ठ २०८२, सोमबार प्रकाशित
  • Nabintech