२७ जेष्ठ २०८२, सोमबार
२७ जेष्ठ २०८२, सोमबार
रजनीकान्तले एकै फिल्मबाट लिए २८० करोड पारिश्रमिक
रजनीकान्तले एकै फिल्मबाट लिए २८० करोड पारिश्रमिक
  • न्युज डेस्क

२६ जेठ काठमान्डौ । भारतीय सुपरस्टार रजनीकान्त एसियाकै महँगो नायकका रुपमा पारिश्रमिक लिइएको पाइएको छ ।आगामी अगस्ट १४ मा प्रदर्शनमा आउने दक्षिण भारतीय फिल्म ‘कुली’का लागि लिएको पारिश्रिमकले उनी एसियाकै महँगो नायकका रुपमा चर्चामा आएका हुन् ।विभिन्न भारतीय मिडियाहरुले यो फिल्मको लगानी चार सय करोड भारतीय रुपैयाँ रहेको बताएका छन् ।अहिले उनको पारिश्रमिकको विषय पनि चर्चामा आएको छ ।

उनले ‘कुली’का लागि २६० करोडदेखि २८० करोड भारुसम्म पारिश्रमिक बुझेको भारतीय मिडिया टाइम्सअफ इन्डियाले उल्लेख गरेको छ ।एसियाको महँगो नायकका रुपमा ज्याकी च्यानलाई लिइँदै आएको थियो । रजनीकान्तको यो पारिश्रमिक ज्याकी च्यानको भन्दा बढी हो ।बलिउडका महँगा नायक सलमान खान र शाहरुख खानको भन्दा पनि यो धेरै ठूलो पारिश्रिमक हो । सलमान र शाहरुखले १०० करोड हराहारी पारिश्रमिक बुझ्ने गरेका छन् ।

  • २७ जेष्ठ २०८२, सोमबार प्रकाशित
  • Nabintech