२८ साउन बाँके । बाँकेको डुडुवा गाउँपालिका–५ स्थित राप्ती नदीको सिधनियाघाटमा शवदाहगृह निर्माण हुने भएको छ । दाहसंस्कार गर्दा हुँदै आएको समस्यालाई मध्यनजर गर्दै नेपालगञ्जस्थित नागरिक समाजका अगुवाका पहलमा गठित वैकुण्ठधाम सिधनियाघाट व्यवस्थापन समितिको अगुवाइमा शवदाहगृह निर्माण हुन लागेको हो । यसका लागि समितिले सिधनियाघाटमा १२ कट्ठा जमिन खरिद गर्न लागेको समितिका...
२८ साउन बाँके । विद्यालयको बसले ठक्कर दिँदा मृत्यु भएका व्यक्तिका आफन्तलाई २१ लाख क्षतिपुर्ति दिने भएको छ । विद्यालय र मृतकका आफन्त विच भएको सहमती अनुसार मृतक राप्ती सोनारी गाँउपालिका ९ का २६ वर्षिय गोविन्द वलीका परिवारलाई १५ लाख रुपैया र सो दुर्घटनामा मारिएका खसी बाखा्रका धनिलाई बाकि रकम उपलव्ध गराउने सहमती भएको छ । बाँकेको कोहलपुर नगरपालिका – १२ स्थित ज्ञान...
२७ साउन रुकुम पश्चिम । ४९ वर्षिय महिलाको हत्याको आरोपमा २३ वर्षिय युवालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । रुकुमपश्चिमको सानीभेरी गाउँपालिका वडा नं ४ लामचौरकी ४९ वर्षीया सुशीला मल्लको हत्या गरेको आरोपमा प्रहरीले रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नं ११ माथिल्लो सकेंना बस्ने २३ वर्षीय प्रेम मल्ललाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । प्रहरीका अनुसार...
२७ साउन बाँके । बाँकेमा ट्रकको ठक्करबाट गम्भिर घाइते भएका एक प्रहरी जवानको उपचारको क्रममा मृत्यु भएका छ । मोटरसाइकल चालक सुर्खेत भेरीगंगा नगरपालिका ९ घर भई प्रहरी चौकी कपुरकोटमा कार्यरत प्रहरी जवान महेन्द्र बिकले चलाएको बा प्र ०३००५ प २०५५ नम्वरको मोटरसाइकल लाई बाँकेको बैजनाथ गाउपालिका जि गाँउ चोकमा शनिवार भे १ क २०६२ नम्बरको ट्कले ठक्कर दिएको थियो । ठक्करबाट...
२६ साउन सुर्खेत । प्रहरीले सुर्खेतबाट पेस्तोल सहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाको गुटुबाट पेस्तोल सहित दुई जनालाई पक्राउ गरेको जानकारी दिएको हो । पक्राउ पर्नेमा चौकुने गाउँपालिका–७, डाँबका १७ वर्षिय अशोक थापा र वडा नम्वर–६, भाप्रका १८ वर्षिय भिमबहादुर थापा रहेको ईलाका प्रहरी कार्यालय बाबियाचौरले जनाएको छ ।चौकुने गाउँपालिका–८,...
२६ साउन काठमाडौं । बंगलादेशमा हिन्दु र बौद्ध धर्मावलम्बीमाथि हिंसा भएको भन्दै काठमाडौंमा प्रदर्शन गरिएको छ । शनिबार काठमाडौंको माइतीघरमा राष्ट्रिय एकता अभियानको ब्यानरमा प्रदर्शन गरिएको हो ।विश्वभरका हिन्दु र बौद्ध धर्मावलम्बी एक भएर बंगलादेशमा भएको हिंसाको विरोध गर्नुपर्ने उनीहरूको भनाइ थियो । प्रदर्शनमा उत्रिएकाहरूले ‘हिन्दुहरूमाथिको दमन बन्द गर’, ‘नेपाललाई...
२६ साउन सुर्खेत । सुर्खेतस्थित भेरी नदीमा शनिबार बाढीको खतरा रहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार समजिघाट जल मापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको हो । नदीको जलसतह बढ्दो रहेको महाशाखाले जनाएको छ । भेरी नदीको तटीय क्षेत्रमा रहनेहरूलाई दिउँसो १२ बजे सम्म सतर्कता अपनाउन एसएमएस अलर्टसमेत जारी गरिएको छ ।
२६ साउन साउ पाओलो । ब्राजिलको साओ पाउलोमा एउटा विमान दुर्घटना हुँदा विमानमा सवार सबै ६१ जनाको मृत्यु भएको छ । दुई इन्जिन भएको टर्बोप्रप दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो सहरको ग्वारुल्होस विमानस्थलतर्फ उडिरहेको बेला भिन्हेडो सहरमा खसेको भोपास एयरलाइन्सले जनाएको छ।सामाजिक सञ्जालमा प्रसारित फुटेजमा विमान ठाडो रूपमा तल झरेको देखाइएको छ । यो खस्दै...
२५ साउन काठमाडौं । दरबारमार्गमा भ्वाङ परेको सडकमा खसेर इन्सपेन्टर घाइते भएका छन । टुकुचा छोपेर बनाइएको दरबारमार्ग काठमाडौं प्लाजाबीचको सडकमा बिहीबार राति भ्वाङ परेको थियो । त्यो भ्वाङमा फसेर एक प्रहरी इन्स्पेक्टर घाइते भएको बताइएको छ । स्थानीयले बिहीबार राति सडक भासिएको खबर गरेपछि दरबारमार्गमा कार्यरत् इन्स्पेक्टर भूपेन्द्र बुढाथोकी सडकको निरीक्षणमा पुगेका...
२५ साउन बाँके । लुम्बिनी प्रदेश सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले पदबाट राजीनामा दिनु भएको छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले २०७९ फागुन १३ गते तिमिल्सिनालाई प्रमुख सचेतकमा नियुक्ति गुर्न भएको थियो । प्रदेश सरकार गठनपछि असन्तुष्ट रहेका तिमिल्सिनाले यही साउन २१ गते प्रमुख सचेतकबाट राजीनामा दिनु...