जाजरकोट । बोलेरो जिप दुर्घटना हुँदा जाजरकोटमा १५ जना घाइते भएका छन् । जाजरकोटको खलङ्गादेखि भेरी नगरपालिका–६ नेटाबजार जाँदै गरेको ग १ ज ७७११ नम्बरको जिप वडा नम्बर ६ भेरेमा दुर्घटनामा परेको हो । दुर्घटनामा परेर १५ जना यात्रु घाइते भएको र ३ को अबस्था गम्भीर भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिनुभयो । घाइतेहरुको...
२२ साउन ढाका । बंगलादेशको विद्यार्थी आन्दोलनका नेता नाहिद इस्लामले अन्तरिम सरकारको मुख्य सल्लाहकारमा नोबेल पुरस्कार विजेता अर्थशास्त्री प्राध्यापक मोहम्मद युनुसको नाम प्रस्ताव गरेका छन् । उनले राष्ट्रपतिलाई जतिसक्दो चाँडो युनुसको नेतृत्वमा अन्तरिम सरकार बनाउन आग्रह गरेका छन् । मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो सन्देशमार्फत उनले उक्त प्रस्ताव...
२१ साउन काठमाडौं । अविरल वर्षाको कारण विभिन्न विपद्का घटनामा परेर अहिलेसम्म १५४ जनाको मृत्यु भएको छ । गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतमा परेर सोमबार दिउँसोसम्म १५४ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको हो । बाढी, पहिरो लगायतका विपद्मा परेर सबैभन्दा बढी गण्डकी प्रदेशमा ४३ जना, बागमती प्रदेशमा ३० जना, लुम्बिनी प्रदेशमा २९...
२१ साउन कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले एकै दिनमा पूर्णता पाएको छ । मुख्यमन्त्रीसहित सात मन्त्रालय र तीन राज्य मन्त्रीले आज एकै पटक शपथ लिएका छन् । कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री शाहलाई आज प्रदेश प्रमुख नजिर मियाँले शपथ गराए । मुख्यमन्त्री शाहको शपथ ग्रहणलगत्तै उनले थप ६ जना मन्त्री र ३ जना राज्यमन्त्री...
२१ साउन, काठमाडौं । राजधानी ढाकामा जारी तनावबीच बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले हसिनाले राजीनामा दिएको र भारततर्फ गएको लेखेको छ । उनी हेलिकप्टरमार्फत भारतको त्रिपुरा राज्यको अगरतलातिर गएको भनिएको छ ।प्रदर्शनका क्रममा हजारौं नागरिक प्रधानमन्त्रीको निवासतर्फ गएपछि उनी ‘सुरक्षित स्थान’तर्फ...
सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएको छ । एमाले नेतृत्वको कर्णाली सरकारमा कांग्रेसबाट सहभागी भएका ४ जना मन्त्रीले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् । कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र ऊर्जा तथा जलस्रोत...
१९ साउन काठमाडौँ । आश्मा कुमारी केसीले सन् २०२४ को मिस नेपाल वर्ल्डको ताज जितेकी छन् । शनिबार काठमाडौँमा आयोजित कार्यक्रमबिच उनलाई विजेता घोषित गरिएको हो । मिस नेपाल अर्थ सुमना केसी बनिन् भने करुणा रावतले मिस नेपाल इन्टरनेसनलको उपाधि हात पारिन् । अन्य विधाहरुमा श्रद्धा सिलवाल मिस फोटोजेनिक, आश्मा कुमारी केसी फेस अफ द ईयर, दिक्षा अवस्थी मिस इन्टलेक्चुअल, सुमना...
१९ साउन रोल्पा । रोल्पामा गएराति गएको पहिरोमा पुरिएर एकै घरका २ जनाको मृत्यु भएको छ । पहिरोले पुरिएर बेपत्ता भएका ६५ वर्षीया हजुरआमा बसुना सुनार र ४ वर्षीया नातिनी माया सुनारको शव फेला परेको हो । शुक्रबार राति सुनछहरी गाउँपालिका(४ कामीडाँडामा पहिरो जाँदा देउसिंह कामीको घर पहिरोले पुरिएको थियो । पहिरो पन्छाउने क्रममा उनीहरुको शव फेला परेको रोल्पाका प्रहरी प्रमुख...
१९ साउन दाङ। दाङको घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुरको कालाखोलामा आएको बाढीले गएराति दुईवटा अटोरिक्सा बगाएको छ । तुलसीपुरबाट खाद्रै जाँदै गरेको रा६ह ४०५५ नम्बरको अटोरिक्सालाई तुलसीपुर–४ स्थित बेचनी खोलाले बगाउँदा दुईजना बेपत्ता भएको प्रहरीले जनाएको छ ।बेपत्ता हुनेमा स्थानीय ५५ वर्षीया सीता आले र सुर्खेत घर भई सोही ठाउँ बस्ने १६ वर्षीया मन्जु खड्का...
१८ साउन, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिएका छन् । शुक्रबार प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सोडारीले विश्वासको मत पाउने सम्भावना नदेखिएको भन्दै राजीनामा घोषणा गरेका हुन् । ६ वैशाखमा एमाले, माओवादी, एकीकृत समाजवादी र स्वतन्त्र प्रदेश सभा सदस्य डा ताराप्रसाद जोशीको समर्थनमा मुख्यमन्त्री बनेका सोडारी...