२९ बैशाख २०८२, सोमबार
२९ बैशाख २०८२, सोमबार
जाजरकोट कारागार भित्रै एक थुनुवा कैदीले गरे आत्महत्या
जाजरकोट कारागार भित्रै एक थुनुवा कैदीले गरे आत्महत्या
  • paschimpatra

जाजरकोट ।  जाजरकोट कारागारमा एक थुनुवा कैदीले आत्महत्या गरेका छन्।

भेरी नगरपालिका–१० का २५ वर्षीय दीपक बुढाले आइतबार कारागारकाे शाैचालयमा झुन्डिएर आत्महत्या गरेकाे जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी)ले जानकारी दिएका छन्।

बुढा जबर्जस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका थिए। उनीमाथि चलिरहेको मुद्दाको फैसलाअघि नै कारागारमा आत्महत्या गरेपछि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

डीएसपीका अनुसार घटनाको विस्तृत विवरण संकलन गर्ने कार्य भइरहेको छ ।

  • २८ बैशाख २०८२, आईतवार प्रकाशित
  • Nabintech