जाजरकोट । जिल्लाको बारेकोट गाँउपालिकाको जन्ते लेकमा नेपाल टेलिकमको फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालनमा आएको छ । मंगलबार सेपूखोलामा कर्णाली प्रदेशका प्रदेशसभा सदस्य बेदराज सिंहले एक कार्यक्रमका विच टावरको उद्घाटन गर्दै फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालनमा आएको हो । उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य सिहंले जन्तेलेकको टावर सञ्चालनमा आएपछि...
जाजरकोट । पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटको भवन अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको छ । दैनिक १० देखि १५ सेवाग्राही आउने पशु अस्पतालमा भवन अभाव हुँदा सेवा प्रवाहमा समस्या हुने गरेको कार्यालय प्रमुख कलम बहादुर महताराले बताउनुभयो । सदरमुकामस्थित थाप्लेमा कार्यालयको नाममा सात रोपनी जमिन छ । उक्त जमिनमा पाँच वटा भवन छन् । अरू सबै सशस्त्रले प्रयोग गरेपछि...
जाजरकोट । एमालेले अघि सारेकै उम्मेदवार राष्ट्रपति हुने नेकपा एमालेका सचिव योगेश कुमार भट्टराईले दाबी गर्नुभएको छ । बुधबार खलंगामा प्रेस चौतारी नेपाल जाजरकोटले आयोजना गरेको पत्रकार भेटघाटमा नेता भट्टराईले अहिलेको सत्ता गठबन्धनमा पुस १० गते भएको सहमति अनुसार नै राष्ट्रपति निर्वाचन हुने बताउनुभयो । केही नेताहरूले सहमति विपरीत गैरजिम्मेवार अभिव्यक्ति दिएको...
जाजरकोट । जाजरकोटमा भीरबाट खस्दा एक जनाको मृत्यु भएको छ । शुक्रबार राती जिल्लाको नलगाड नगरपालिका वडा नं ३ कट्के गाँउमा घर नजिकैको भिरबाट खस्दा इन्द्र मान बहादुर रोकायको मृत्यु भएको जिल्ला प्रहरी जाजरकोटले जनाएको छ । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।
जाजरकोट । भेरी नगरव्यापी राष्ट्रपति रनिङ्ग शिल्ड तथा चौँथो मेयर कप प्रतियोगिताको उपाधि शिवशंकर मावि जगतिपुरले उचालेको छ । खलंगा स्थित त्रिभुवन माविको खेल मैदानमा भेरी नगरपालिकाले माघ २२ गते देखी संचालन गरेको प्रतियोगितामा ११ स्वर्ण, ५ रजत र ५ कास्य गरी कुल २१ पदक प्राप्त गरी प्रथम हुँदै शिवशंकर माविले राष्ट्रपति रनिङ शिल्ड तथा चौँथो मेयर कपको उपाधि सहित नगद पुरस्कार...
जाजरकोट । जाजरकोटको भेरी नगरपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड तथा चौँथो मेयर कप प्रतियोगिता सुरु भएको छ । खलंगा स्थित त्रिभुवन माविको खेल मैदानमा भेरी नगरपालिकाको आयोजना तथा शिक्षा, यूवा तथा खेलकुद शाखाको व्यवस्थापनमा सुरु भएको हो । २६ गते सम्म संचालन हुने प्रतियोगिताको उद्धघाटन कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जित बहादुर मल्लले गर्नु...
जाजरकोट । पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटले छेडागाड नगरपालिका वडा नं. ४ मा बाख्राबोका वितरण तथा अनुगमन गरेको छ । कार्यालयले प्रदेश कार्यक्रम “लक्षित बर्ग कृषि ब्यवसाय प्रवर्धन कार्यक्रम” अन्तरगत छेडागाड नगरपालिका वडा नं. ४ मा संचालित उद्यमशिल कृषक बाख्रा पालन समुहलाई उन्नत जातका बाख्राबोका वितरण गर्नुका साथै अनुगमन गरेको हो । बाख्रा पालनबाट किसानहरुको...
जाजरकोट । जाजरकोटमा भीरबाट खस्दा एक जनाको मृत्यु भएको छ । आइतबार जिल्लाको शिवालय गाउँपालिका – १ पारिवनको भिरबाट खस्दा शिवालय गाउँपालिका वडा –२ का ४२ वर्षीय इन्द्र बहादुर बस्नेतको मृत्यु भएको हो । भीरबाट करिब १ सय १५ मिटर तल खस्दा बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी जाजरकोटले जनाएको छ ।
जाजरकाेट । राष्ट्रिय भूमि आयोग, जाजरकोट छेडागाड नगरपालिकाले निवेदन दर्ताको निस्सा वितरण गर्ने तयारी गरेको छ । भुमिहिन सुकुम्बासी, भुमिहिन दलित र अव्यवस्थित बसोबासीहरुको लगत संकलनको काम सम्पन्न भएपछि राष्ट्रिय भूमि आयोग, जाजरकोट छेडागाड नगरपालिकाले निवेदन दर्ताको निस्सा वितरण गर्ने तयारीमा लागेको हो । निस्सा वितरण पश्चात भुमिहिन सुकुम्बासी तथा दलित र अव्यवस्थित...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज ९मङ्गलबार० प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिँदै हुनुहुन्छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । उहाँलाई नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी,...