२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
आज नागपञ्चमी
आज नागपञ्चमी
  • न्युज डेस्क

२५ साउन काठमान्डौ । आज नाग पञ्चमी हिन्दु धर्मावल्मीहरूको घरघरमा नागको पूजा गरिँदै छ । आज नागको फोटो घरको मूल ढोकामा टाँसेर पूजाआजा गर्ने प्रचलन छ । नाग पञ्चमीमा नागको चित्र बनाई पूजा गरेर घरमा टाँस्नाले सर्पको भय हुँदैन भन्ने हिन्दु शास्त्रको मान्यता रहेको छ ।

प्रत्येक वर्ष श्रावण शुक्लपञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व शुक्रबार परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरेर मनाइँदैछ ।नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिनाका साथै अग्नि, मेघ र चट्याङको भयबाट बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । यसदिन नागको चित्रमा दूध, दही, अक्षता, फूल, दुबो राखी गाईको गोबरको सहायताले घरको ढोकामाथि टाँस्ने गरिन्छ । आजकै दिनदेखि वषर्याम समाप्त भई हिउँद सुरू भएको पनि मान्ने गरिन्छ । नागका अष्टकुल अर्थात् अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख नागको चित्र टाँस्नाले त्यस्तो घरमा चट्याङ नपर्ने तथा आगो र सर्पको डरसमेत नहुने धार्मिक विश्वास रहेको छ ।

ज्योतिषशास्त्रअनुसार पञ्चमी तिथिका स्वामी नाग देवता हुन् । भूमिमा नाग देवताको बसोबास हुने र भूमि खन्दा नागलाई कष्ट हुने सम्भावना भएकाले नागपञ्चमीका दिन भूमिमा हलो जोत्नु वा जग राख्नु शुभ मानिँदैन ।

  • २५ श्रावण २०८१, शुक्रबार प्रकाशित
  • Nabintech