३२ साउन सुर्खेत । भेरी करिडोरको जाजरकोट भेरी नगरपालिका–४ बोहरामा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । पहिरोले विद्युत्का पोल बगाउँदा विद्युत् सेवा पनि बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिनु भयो । जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज पोखरेलका अनुसार रुकुमपश्चिमको मुसिकोट नगरपालिका–११ र १२ को...
३१ साउन जाजरकोट । जाजरकोटमा भीरबाट लडेर १४ वर्षिय बालिकाको मृत्यु भएको छ । जाजरकोटको छेडागाड नगरपालिका–१ जाल्माकी १४ वर्षीया मनिषा विकको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार घर नजिकैको जंगलमा घाँस काट्न जाँदा भीरबाट लडेर घाइते भएकी विकको उपचारको क्रममा विहिवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
३१ साउन बाँके । बाँकेमा ९४ जनामा डेंगु भएको पाइएको छ । भारतीय सीमासँग जोडिएको बाँके जिल्लामा डेंगुको जोखिम बढ्दै गएको हो । गत आर्थिक वर्षमा जिल्लामा ९४ जना बिरामीमा डेंगु पुष्टि भएपछि यो जिल्ला डेंगुको जोखिममा रहेको पाइएको हो । आर्थिक बर्ष २०८०–८१ मा अस्पताल बाहेक बाँकेका स्वास्थ्य संस्थामा मात्र ९४ जनामा डेंगु पुष्टि भएको तथ्याङ्क सार्वजनिक गर्दै स्वास्थ्य...
३१ साउन काठमान्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले बिहीबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाएको हो । निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट आज पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर २.९६ रुपैयाँले घटेर आएको छ ।मूल्य घटेसँगै...
३० साउन रुकुम पश्चिम । रुकुम पश्चिमका तीन ठाउँमा झोलुङ्गे पुल बनाउन करिब चार करोड ६४ लाखमा ठेक्का लाग्यो। ती तीन वटै पुल बनिसकेका छैनन्। तर ठेकेदारले सबै भुक्तानी पाइसकेको विभिन्न दस्तावेजले देखाएका छन्। अधिकारीहरूका अनुसार रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नम्बर १ कुसुम खोला, वडा नम्बर २ को भल खोला र चौरजहारी नगरपालिका वडा नम्बर १४ को साक्चा खोलामा झोलुङ्गे...
३० साउन दाङ । दाङमा सर्पको टोकाईबाट ५ वर्षिय बालिकाको मृत्यु भएका छ भने आमाको अवस्था गम्भिर रहेको छ । प्रहरी कार्यालयका अनुसार घोराही उपमहानगरपालिका–६ गुरुवागाउँ निवासी सन्तोष चौधरीकी ५ वर्षीया छोरी इन्दु चौधरीको मृत्यु भएको छ भने उनकी आमा २५ वर्षिया आस्मा चौधरीको अवस्था गम्भिर रहेको छ । प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी राम प्रसाद तिमल्सिनाले दिएको...
जाजरकोट । जाजरकोटमा सामुदायिक अगुवाहरुको २ दिने समिक्षा तथा पुनर्ताजगीय कार्यक्रम सम्पन्न भएको छ । आइ पास नेपाल र पास नेपालको साझेदारीमा संचालित नेपालमा दिगो यौंन तथा प्रजनन् स्वास्थ्य र अधिकार सबलीकरण तथा उत्थानशिल स्वास्थ्य सेवा प्रणाली परियोजना अन्तर्गत सामुदायिक अगुवाहरुको लागि जाजरकोटको खलंगामा २ दिने समिक्षा तथा पुनर्ताजगीय कार्यक्रम सम्पन्न भएको...
२९ साउन दाङ । दाङ र रोल्पामा भएका दुर्घटनामा परी २७ जना घाइते भएका छन्। प्रहरीका अनुसार बुटवलबाट दाङको तुलसीपुरतर्फ जादै गरेको लु १ ख ८४१२ नम्बरको बस दाङ जिल्लाको घोराही उपमहानगरपालिका १७ बेलभारमा दुर्घटना भएको थियो।बस दुर्घटनामा परी २२ यात्रु घाइते भएका छन्। घाइतेमध्ये १३ जनाको अवस्था मध्यम छ भने ९ जनाको अवस्था सामान्य छ। घाइते सबैको घोराहीस्थित राप्ती स्वास्थ्य...
२८ साउन काठमान्डौ । प्रधानमन्त्री केपी शर्मा ओली र निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरूसँग स्थानीय तहमा रिक्त पदमा उपनिर्वाचनको तयारीबारे छलफल भएको बताइएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा २०८० कात्तिक १७ को भूकम्पका कारण जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको मृत्यु भएपछि उक्त स्थान रिक्त...
२८ साउन काठमाडौं । पेरिस ओलम्पिकमा स्वर्ण पदक जितेका ज्याभ्लिन थ्रो खेलाडी अर्सद नदिमलाई ससुराले उपहार स्वरुप भैँसी दिएका छन् । नदिमले भारतीय खेलाडीलाई पछाडि पार्दै ओलम्पिक कीर्तिमानसहित स्वर्ण पदक जितेका थिए । ओलम्पिकमा पाकिस्तानले व्यक्तिगत स्पर्धामा पहिलोपटक स्वर्ण पदक जितेको हो ।अर्सदका ससुरा मोहम्मद नवाजले भैँसीलाई आफ्नो ग्रामीण समाजमा हार्दिक उपहार...