३ आश्विन २०८१, बिहीबार
३ आश्विन २०८१, बिहीबार
बाँके जिल्लामा ९४ जनामा डेंगु पुष्टि
बाँके जिल्लामा ९४ जनामा डेंगु पुष्टि
  • न्युज डेस्क

३१ साउन बाँके । बाँकेमा ९४ जनामा डेंगु भएको पाइएको छ । भारतीय सीमासँग जोडिएको बाँके जिल्लामा डेंगुको जोखिम बढ्दै गएको हो । गत आर्थिक वर्षमा जिल्लामा ९४ जना बिरामीमा डेंगु पुष्टि भएपछि यो जिल्ला डेंगुको जोखिममा रहेको पाइएको हो ।

आर्थिक बर्ष २०८०–८१ मा अस्पताल बाहेक बाँकेका स्वास्थ्य संस्थामा मात्र ९४ जनामा डेंगु पुष्टि भएको तथ्याङ्क सार्वजनिक गर्दै स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकलपर्सन दुर्गा गौतमले सबैभन्दा बढी रोगी कोहलपुर नगरपालिकामा भेटिएको बताउनुभयो ।स्वास्थ्य कार्यालय बाँकेको तथ्याङ्कअनुसार, गत आर्थिक वर्ष २०८०–८१ मा सबैभन्दा बढी कोहलपुर नगरपालिकामा ४५, खजुरा गाउँपालिकामा ३६, नेपालगन्ज उपमहानगरमा १२ र बैजनाथ गाउँपालिकामा १ जनामा डेंगु पुष्टि भएको थियो ।

  • ३१ श्रावण २०८१, बिहीबार प्रकाशित
  • Nabintech