१० पुष २०८१, बुधबार
१० पुष २०८१, बुधबार
पाँच रुपैयाँले घट्यो पेट्रोलको मूल्य
पाँच रुपैयाँले घट्यो पेट्रोलको मूल्य
  • न्युज डेस्क

३१ साउन काठमान्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले बिहीबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाएको हो ।

निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट आज पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर २.९६ रुपैयाँले घटेर आएको छ ।मूल्य घटेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६२.५० रुपैयाँ र डिजेलको मूल्य १५२.५० रुपैयाँ कायम भएको छ ।

  • ३१ श्रावण २०८१, बिहीबार प्रकाशित
  • Nabintech