२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
दाङमा बाढीले अटोरिक्सा बगायो २ जना बेपत्ता
दाङमा बाढीले अटोरिक्सा बगायो २ जना बेपत्ता
  • न्युज डेस्क

दाङको कालाखोलाले शुक्रबार राति बगाएको रा १ ह २३५७ नम्बरको अटो रिक्सा । अटोसँगै बगेका चालक तुलसीपुर-७ प्रसेनी निवासी दुर्गा पुनको शुक्रबार रातिनै सकुशल उद्धार गरिएको थियो । तस्बिरःदीपक बोहरा / रासस

१९ साउन दाङ। दाङको घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुरको कालाखोलामा आएको बाढीले गएराति दुईवटा अटोरिक्सा बगाएको छ ।

तुलसीपुरबाट खाद्रै जाँदै गरेको रा६ह ४०५५ नम्बरको अटोरिक्सालाई तुलसीपुर–४ स्थित बेचनी खोलाले बगाउँदा दुईजना बेपत्ता भएको प्रहरीले जनाएको छ ।बेपत्ता हुनेमा स्थानीय ५५ वर्षीया सीता आले र सुर्खेत घर भई सोही ठाउँ बस्ने १६ वर्षीया मन्जु खड्का रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यसैबीच, दाङको घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुरको कालाखोलाको बाढीले गएराति तुलसीपुरबाट बिजौरीतर्फ जाँदै गरेको रा१स २३५७ नम्बरको अटोरिक्सा बगाएको छ ।बाढीले बगाएका तुलसीपुर–७ प्रसेनी घर भएका चालक २२ वर्षीय दुर्गा पुनको राति नै उद्धार गरिएको प्रहरी निरीक्षक थापाले बताए ।

  • १९ श्रावण २०८१, शनिबार प्रकाशित
  • Nabintech