२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
कांग्रेस लुम्बिनी प्रमुख सचेतक जन्मजय तिमिल्सिनाको राजीनामा
कांग्रेस लुम्बिनी प्रमुख सचेतक जन्मजय तिमिल्सिनाको राजीनामा
  • न्युज डेस्क

२५ साउन बाँके । लुम्बिनी प्रदेश सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले पदबाट राजीनामा दिनु भएको छ ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले २०७९ फागुन १३ गते तिमिल्सिनालाई प्रमुख सचेतकमा नियुक्ति गुर्न भएको थियो । प्रदेश सरकार गठनपछि असन्तुष्ट रहेका तिमिल्सिनाले यही साउन २१ गते प्रमुख सचेतकबाट राजीनामा दिनु भएको हो ।

उहाले प्रमुख सचेतकबाट राजीनामा दिएसँगै आफूले प्रयोग गर्दै आएको लु १ झ १३०५ नम्बरको गाडी प्रदेश सभालाई फिर्ता गर्नु भएको छ ।गत साउन ९ गते एमालेका चेतनारायण आचार्यको नेतृत्वमा गठन भएको सरकारमा नेपाली कांग्रेसको तर्फबाट तिमिल्सिनाको नेतृत्वमा मन्त्रीहरू सहभागी हुने चर्चापछि उनको नाम हटाइएको थियो।८ गते रातिसम्म तिमिल्सिनालाई अर्थमन्त्रीको जिम्मेवारी दिएर उनको नेतृत्व सरकार सहभागी हुने करिब पक्का भएको थियो। बिहान शपथ ग्रहणका लागि तयार भएर गएको अवस्थामा एकाएक आफ्नो नाम हटाइएपछि तिमिल्सिना असन्तुष्ट बन्नु भएको हो ।

  • २५ श्रावण २०८१, शुक्रबार प्रकाशित
  • Nabintech