२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
सडकमा परेको खाल्टोमा इन्स्पेक्टर खसे
सडकमा परेको खाल्टोमा इन्स्पेक्टर खसे
  • न्युज डेस्क

२५ साउन काठमाडौं । दरबारमार्गमा भ्वाङ परेको सडकमा खसेर इन्सपेन्टर घाइते भएका छन । टुकुचा छोपेर बनाइएको दरबारमार्ग काठमाडौं प्लाजाबीचको सडकमा बिहीबार राति भ्वाङ परेको थियो । त्यो भ्वाङमा फसेर एक प्रहरी इन्स्पेक्टर घाइते भएको बताइएको छ ।

स्थानीयले बिहीबार राति सडक भासिएको खबर गरेपछि दरबारमार्गमा कार्यरत् इन्स्पेक्टर भूपेन्द्र बुढाथोकी सडकको निरीक्षणमा पुगेका थिए । सो क्रममा उनी भ्वाङमा फसेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताउनु भयो ।इन्सपेक्टरको निधार र हातमा चोट लागेको छ । उहालाई उपचारका लागि वीर अस्पताल लगिएको थियो । भ्वाङ परेपछि रातिदेखि नै यहाँ सवारी आवागमन प्रभावित भएको छ । ट्राफिकले अहिले यो सडक खण्ड बन्द गरेको छ ।

  • २५ श्रावण २०८१, शुक्रबार प्रकाशित
  • Nabintech