२१ चैत, रोल्पा । रोल्पामा बालिका बलात्कार गरेको आरोपमा एक जना शिक्षक पक्राउ गरेको प्रहरीले जनाएको छ । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय हार्जङमा अध्यापनरत शिक्षक ठगेन्द्र खड्कालाई बालिका बलात्कार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।शिक्षक खड्काले कक्षा ५ मा अध्ययनरत १२ वर्षीय बालिकालाई बलात्कार गरेको आरोप छ । घटना यही चैत्र १७ गतेको हो । पक्राउ परेका...
२१ चैत काठमाडौं । भारतलाई पेनाल्टीमा ४–३ ले पराजित गर्दै बंगलादेशले दोस्रोपटक साफ यू–२० च्याम्प्यिनसिपको उपाधि जितेको छ ।बंगलादेशले यसअघि सन् २०२४ मा नेपाललाई फाइनलमा ४–१ ले पराजित गर्दै पहिलोपटक उपाधि चुमेको थियो ।
२१ चैत काठमाडौँ । प्रहरीले कलाकार सागर लम्साल बलेलाई बूढानीलकण्ठको कपन, बालुवाखानीबाट पक्राउ गरेको छ ।जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी रमेश थापाका अनुसार गम्भीर विषयमा उजुरी परेका कारण उनलाई पक्राउ गरिएको हो । अमेरिकामा रहेकी उनले शुक्रबार बलेमाथि अमेरिकामै बलात्कार गरेको बताउँदै फेसबुकमा लेखेकी थिइन् ।उनीमाथि कलाकार परिवारकै सदस्यले बलात्कारको...
२० चैत काठमाडौं। पेट्रोलियम पदार्थको भाउ बढेको छ। नेपाल आयल निगमले पेट्रोल र डिजेलमा १५–१५ रुपैयाँ वृद्धि गरिएको जनाएको छ।मूल्य वृद्धिपछि विभिन्न वर्गअनुसार पेट्रोलको मूल्य अधिकतम करिब २०२ रुपैयाँ प्रतिलिटर र डिजेल , मट्टितेलको मूल्य १८२ रुपैयाँ प्रतिलिटरसम्म पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ्दै गएको र भारतीय आयल कर्पोरेशनबाट...
१९ चैत सुर्खेत । १६ वर्षीया इनिशा विकको मृत्यु प्रकरणमा परिवारले २७ दिनपछि शव बुझेका छन् । भेरी पुल नजिकको सम्झिघाटमा बिहीबार दाहसंस्कार गर्ने तयारी गरिएको छ ।इनिशा फागुन २३ गते वीरेन्द्रनगर–१ मा मृत फेला परेकी थिइन् । पोस्टमार्टम रिपोर्ट, डिजिटल प्रमाण र अन्य तथ्य संकलन गर्न समय लागेकाले शव लामो समय अस्पतालमै राखिएको थियो । कानूनी प्रक्रिया पूरा भएसँगै परिवारले...
१९ चैत काठमाडौँ । लुंगी एनगिडी र टी नटराजनको घातक बलिङपछि समीर रिजवी र ट्रिस्टन स्टब्सको आक्रामक ब्याटिङको मद्दतले दिल्ली क्यापिटल्सले लखनऊ सुपर जायन्ट्सलाई ६ विकेटले हराउँदै आईपीएल २०२६ मा आफ्नो पहिलो जित दर्ता गरेको छ। बुधबार लखनऊको इकाना स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको लखनऊले १८.४ ओभरमा सबै विकेट गुमाउँदै १४१ रन बनायो ।जवाफमा दिल्लीले...
१९ चैत काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईई आज चैत १९देखि सुरु हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय कक्षा १०ले विगतमा झैँ देशभर एकैपटक परीक्षा सञ्चालन गर्न लागेको हो । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार, देशभरका तोकिएका परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि एकै समयमा एसइई परीक्षा सुरु हुनेछ ।यही चैत २९ गते सम्पन्न हुने...
१८ चैत काठमान्डौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको हत्याको विषयमा अनुसन्धानका लागि पक्राउ परेका काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी सीडीओ छवि रिजाल मंगलबार पक्राउ परेर सोही दिन रिहा भए । तर, सोही मुद्दामा अनुसन्धानको लागि पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक भने अदालतबाट म्याद थप गरेर हिरासतमा नै छन् । सरकारको...
१८ चैत काठमाडौं । आज अप्रिल १ तारिख । विश्वभर आजको दिनलाई ‘अप्रिल फुल’ अर्थात् मानिसलाई झुक्याउने दिनका रूपमा मनाउने गरिन्छ । नेपालमा पनि आजको दिन विभिन्न बहाना बनाएर एक–अर्कालाई मुर्ख बनाउने चलन छ ।सामान्यतया सर्वसाधारणले मात्रै ‘अप्रिल फुल’ मनाउने गरेको देखिन्थ्यो । तर यसपटक भने नेपाल प्रहरीले पनि फरक शैलीमा अप्रिल फुल मनाएको छ । नेपाल प्रहरीको २ मिलियनभन्दा...
१८ चैत काठमाडौं । कुपर कोनोलीको अर्धशतक प्रेरित पञ्जाव किंग्सले इन्डियन प्रिमियर लिग आईपीएल २०२६ मा विजयी सुरुआत गरेको छ । पञ्जाब किंग्सले गुजरात टाइटन्सविरुद्ध तीन विकेटको जित निकालेको हो । पञ्जावले पहिलो खेलमै जित निकाल्दै तालिकामा दुई अंक जोडेको छ । भारतको चण्डिगढस्थित महाराजा यादाविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल भएको थियो । जहाँ पञ्जावले...