१९ चैत्र २०८२, बिहीबार
१९ चैत्र २०८२, बिहीबार
२७ दिनपछि परिवारले बुझे इनिशाको शव
२७ दिनपछि परिवारले बुझे इनिशाको शव
  • न्युज डेस्क

१९ चैत सुर्खेत । १६ वर्षीया इनिशा विकको मृत्यु प्रकरणमा परिवारले २७ दिनपछि शव बुझेका छन् । भेरी पुल नजिकको सम्झिघाटमा बिहीबार दाहसंस्कार गर्ने तयारी गरिएको छ ।इनिशा फागुन २३ गते वीरेन्द्रनगर–१ मा मृत फेला परेकी थिइन् ।

पोस्टमार्टम रिपोर्ट, डिजिटल प्रमाण र अन्य तथ्य संकलन गर्न समय लागेकाले शव लामो समय अस्पतालमै राखिएको थियो । कानूनी प्रक्रिया पूरा भएसँगै परिवारले शव बुझ्ने सहमति जनाएको प्रहरीले जनाएको छ ।घटनापछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । प्रारम्भिक रूपमा घटनालाई शंकास्पद मानिए पनि पछि बलात्कारपछि हत्या भएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाइएको थियो ।

  • १९ चैत्र २०८२, बिहीबार प्रकाशित
  • Nabintech