२० चैत्र २०८२, शुक्रबार
२० चैत्र २०८२, शुक्रबार
बढाइयो पेट्रोलियम पदार्थको भाउ
बढाइयो पेट्रोलियम पदार्थको भाउ
  • न्युज डेस्क

२० चैत काठमाडौं। पेट्रोलियम पदार्थको भाउ बढेको छ। नेपाल आयल निगमले पेट्रोल र डिजेलमा १५–१५ रुपैयाँ वृद्धि गरिएको जनाएको छ।मूल्य वृद्धिपछि विभिन्न वर्गअनुसार पेट्रोलको मूल्य अधिकतम करिब २०२ रुपैयाँ प्रतिलिटर र डिजेल , मट्टितेलको मूल्य १८२ रुपैयाँ प्रतिलिटरसम्म पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ्दै गएको र भारतीय आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यका कारण मूल्य समायोजन गर्नुपरेको निगमले जनाएको छ।पछिल्लो समय मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजार प्रभावित भएको निगमले जनाएको छ।

  • २० चैत्र २०८२, शुक्रबार प्रकाशित
  • Nabintech