४ कात्तिक कास्की । सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ।गत शुक्रबार पक्राउ परेका सभापति लामिछानेलाई आइतबार अदालतमा उपस्थित गराइएको थियो। अदालतका न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान...
४ कात्तिक गाजा । उत्तरी गाजाको बेत लाहिया क्षेत्रमा इजरायली हमलामा ७३ जनाको मृत्यु भएको छ । हमासका अधिकारीहरूले यस आक्रमणमा मारिएका व्यक्तिहरूको सङ्ख्याको बारेमा जानकारी दिएका हुन्। बेत लाहिया क्षेत्रमा महिला र बालबालिकाको पनि ज्यान गएको हमासका अधिकारीहरूले बताएका छन्। अधिकारीहरूका अनुसार शनिबार राति अबेर राति भएको बम विस्फोटबाट यो हमला गरिएको थियो जसमा...
४ कात्तिक कास्की । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वउपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइने भएको छ । प्रहरीले म्याद थपका लागि उनलाई अदालतमा उपस्थित गराउन लागेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले पूरक मुद्दाका...
३ कात्तिक काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपालाई लक्षित गर्दै टिप्पणी गरेका छन् । शनिबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले कलाविहीन नयाँ नाटक मन्चन भएको र त्यो सुपरफ्लप हुने बताएका हुन् ।थापाले सामाजिक सञ्जालमा लेखेका छन् ‘क्लिन चिट र सफाइ’ चलचित्र केही दिनमै सर्वत्र फ्लप भएलगत्तै कलाविहीन नयाँ नाटक मन्चन भइरहेछ–‘प्रतिशोध...
३ कात्तिक कास्की । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गरिएका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ स प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी को टोलीले शुक्रबार साँझ काठमाडौंमा पक्राउ गरी राती नै स्थलमार्गबाट पोखरा लगेको थियो । लामिछानेलाई सिधै पोखरा...
२ कात्तिक काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । उनलाई पार्टी कार्यालय बनस्थलीबाट केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीको टोलीले पक्राउ गरेको हो । रविलाई पक्राउ गर्न सीआईबीका एसबी हविन्द्र बोगटी ठूलो दलबलसहित रास्वपा कार्यालय पुगेका थिए । कार्यालय परिसरमा रास्वपा कार्यकर्ताको बाक्लो उपस्थिति...
२ कात्तिक काठमाडौं । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवं तत्कालीन गृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला अदालतका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेविरुद्ध शुक्रबार पक्राउ पुर्जी जारी गरेको हो । पोखराको सूर्यदर्शन सहकारी ठगीमा उनको संलग्नता देखिएको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा...
२ कात्तिक दाङ । दाङमा सर्प महोत्सव हुने भएको छ। मानिस र सर्पबीचको द्वन्द न्यूनीकरण तथा सर्प संरक्षणको उद्देश्यले यही कात्तिक ८ देखि १० गतेसम्म महोत्सव आयोजना गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। महोत्सव तुलसीपुरको पर्यटकीयस्थल राप्ती शान्ति उद्यानमा आयोजना हुने महोतसव संयोजक प्रभात भण्डारीले जानकारी दिए।महोत्सवमा दाङमा पाइने विभिन्न...
काठमाडौँ। हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशबाट मनसुन बाहिरिएसँगै काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागको तापक्रम क्रमशः घट्न थालेको छ । काठमाडौँ उपत्यकाको अहिलेको तापक्रम १६ डिग्री सेल्सियस मापन गरिएको छ । आज यहाँको अधिकतम तापक्रम...
२ कात्तिक जेरुसेलम । इजरायलले गाजा अभियानमा हमास प्रमुख याह्या सिनवार मारिएका हुन् वा होइनन् भन्नेबारे जाँच गरिरहेको बताएको छ । सन् २०२३ अक्टोबर ७ देखि हमास समूहसँग इजरायली सेना लडिरहेको छ । यदि सिनवार मारिएको भए हमास समूहलाई यो ठूलो झट्का हुनेछ ।इजरायली इतिहासमा सबैभन्दा घातक आक्रमणको मुख्य योजनाकार सिनवार भएको इजरायलले आरोप लगाएको छ । इजरायलले गाजा युद्धको...