
२७ चैत कैलाली । कैलालीमा उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा फरार भएका छन् । बिहीबार मिर्गी भएर ढलेपछि थुुनुवा धनगढी उपमहानगरपालिका—७ मनहेराका ३२ वर्षीय मुकेश रानालाई प्रहरीले उपचारका लागि सेती प्रादेशिक अस्पताल लगेको थियो ।
तर, राना उपचारकै क्रममा भागेको प्रहरीले जनाएको छ । अस्पतालमा प्रहरीको निगरानीमा रहेका राना राति पौने ९ बजेतिर भागेका थिए । अस्पतालबाट भागेका रानाको खोजी भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी योगेन्द्र तिमिल्सिनाले रानाको खोजी कार्य भइरहेको जानकारी दिए । उनकाअनुसार रानालाई प्रहरीले १३ ग्राम ब्राउन सुगरसहित २४ चैतमा पक्राउ गरेको थियो ।