१७ चैत काठमाडौं । व्यवसायी दीपक भट्टको पासपोर्ट रोक्का गरिएको छ । अध्यागमन विभागले मङ्गलवार उनको पासपोर्ट रोक्का गरेको हो ।विभाग स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण विभागले उनको पासपोर्ट रोक्का गर्न पत्र पठाएको थियो ।विभागको पत्र अनुसार भट्टको पासपोर्ट आजबाट रोक्का गरिएको अध्यागमन स्रोतले जानकारी दिएको छ । सम्पत्ति शुद्धीकरण विभागले भट्टमाथि सम्पत्ति शुद्धीकरणको...
१७ चैत काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएल अन्तरगत तेस्रो खेलमा राजस्थान रोयल्सले चेन्नई सुपर किंग्स माथि उत्कृष्ट प्रदर्शन गर्दै नयाँ सिजनमा विजयी सुरुआत गरेको छ ।गुवाहाटीस्थित बारसपारा क्रिकेट रंगशालामा सोमबार सम्पन्न खेलमा राजस्थानले ८ विकेटले सहज जित निकाल्यो ।
१७ चैत काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सिंहदरबारमा आगो लगाउनेलाई कारबाही गर्नुपर्ने बताएका छन् ।उनले सिंहदरबारको भित्तामा आगो लगाउनेहरू, सिंहदरबारलाई न्याय चाहिएको छ कि छैन भनेर पनि सोधेका छन् । सिंहदरबाको भित्ता एउटा पर्खाल मात्रै नभएर देशको सार्वभौमसत्ताको प्रतीक रहेको उनको भनाइ छ । साथै, सिंहदरबारमा आगो लगाउनेलाई कठघरामा ल्याउन...
१६ चैत बाँके । बाँकेको नेपालगन्ज उपमहानगरपालिका १२ कोरियनपुरमा आगोले जलेको अवस्थामा भेटिएकी एक युवतीको उपचारका क्रममा मृत्यु भएको घटनामा संलग्न भएको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले एक जना पुरुष र दुई महिलासहित तीन जनालाई आज पक्राउ गरिएको जानकारी दिए । पीडित पक्षले पाँच जनाको नाममा...
१६ चैत काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएल अन्तरगत दोस्रो खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्स केकेआरलाई ६ विकेटले हराउँदै १४ वर्षदेखि जारी ओपनिङ खेलमा हारको श्रृंखला अन्त्य गरेको छ। वानखेडे रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको केकेआरले २० ओभरमा ४ विकेट गुमाउँदै २२० रन बनायो । त्यसको जवाफमा मुम्बईले १९।१ ओभरमा ४ विकेट गुमाएर २२४ रन...
१५ चैत काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।काठमाडौं जिल्ला अदालतका न्यायाधीश आनन्द श्रेष्ठको एकल इजलासले उनीहरूलाई ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो ।ओली र लेखकको बयान बाँकी रहेकाले अदालतले म्याद थप गरिएको काठमाडौं अदालतका सूचना अधिकारी दीपककुमार...
१५ चैत काठमाडौँ । भदौ २३ र २४ गतेको घटनामा छानबिनका लागि पक्राउ गरिएका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकलाई आज प्रहरीले अदालतमा पेस गर्ने भएको छ ।शनिबार बिहानै निबासबाटै पक्राउ परेका दुवै नेतालाई अदालतबाट अनुमति लिएर म्याद थप्नु पर्ने भएकाले पेश गर्न लागिएको हो । प्रहरीको थुनामा...
१५ चैत काठमाडौं । नेपाल कबड्डी लिग सिजन २ मा प्रतिस्पर्धा गर्ने ६ टोलीका मालिक सार्वजनिक गरेको छ ।एस्ट्रोनिक्स म्योनजेमन्टद्वारा शनिबार आयोजित कार्यक्रममा फ्रेन्चाइज टिमका मालिक सार्वजनिक गरिएको हो ।नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाको नेसनल इन्भेष्टमेन्ट होल्डिङले विराटनगरको टोली लिएको छ ।यो टोलीको नाम विराटनगर ब्यान्डिट्सबाट विराटनगर...
१४ चैत काठमाडौं । विरोध प्रदर्शनमा उत्रिएका नेकपा एमालेका सात कार्यकर्तालाई शनिबार चैत १४ प्रहरीले नियन्त्रणमा लिएको छ । बबरमहलबाट चार र सिंहदबार प्रवेश गर्ने मुख्य गेट आसपास क्षेत्रबाट तीनजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा कार्यकर्ताले प्रदर्शन गरेका हुन् । नियन्त्रणमा लिइएका...
१४ चैत बाँके । पुर्व प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा बाँकेको नेपालगञ्जमा पनि गृहमन्त्रीको पुत्ला दहन गरिएको छ । नेपालगन्जको विपी चोकमा एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको बिरोधमा पार्टीका जनवर्गीय संगठनहरुले गृहमन्त्री विरुद्ध नाराबाजी गर्दै पुत्ला समेत दहन गरी विरोध प्रदर्शन गरेका हुन । प्रहरी र प्रदर्शनकारीबीच...