८ चैत काठमाडौं । नेपाल र हङकङबीचको मैत्रीपूर्ण फुटबल स्थगित गरिएको सम्बन्धमा राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल संघ एन्फा लाई आफ्नो कमजोरी लुकाउने प्रयास बन्द गर्न आग्रह गरेको छ ।आइतबार दिउँसो एन्फाले एक विज्ञप्ति जारी गर्दै राखेपले रंगशाला उपलब्ध नगराएको भन्दै उक्त खेल स्थगित गर्नुपरेको जनाएको थियो । तर, राखेपले तत्काल प्रतिक्रिया जनाँउदै एन्फालाई...
६ चैत बाँके । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित गोदाममा १९ हजार क्विन्टल चामल थन्किएको छ ।हाल जिरा मसिनो, अरुवा मसिनो र अरुवा मोटो गरेर १९ हजार क्विन्टल चामल गोदाममा थन्किएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख रामशरण लामिछानेले जानकारी दिए ।उनका अनुसार गोदाममा हाल जिरा मसिनो चामल पाँच हजार क्विन्टल, अरुवा मसिनो...
५ चैत काठमाडौँ । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैते दशैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा घटस्थापना गरी विधिपूर्वक नवदुर्गा देवीको पूजाआराधना गरिँदै छ ।चैत्र नवरात्रको घटस्थापनाका लागि आज बिहान ७ः५१ बजेको साइत उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीले जानकारी दिए । आज...
५ चैत काठमान्डौ । नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन् । उनले बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । यद्यपि सभापति थापाको राजीनामा पार्टीले सार्वजनिक गरेको छैन ।कांग्रेसले शुक्रबार केन्द्रीय समिति बैठक बोलाएको छ । केन्द्रीय समिति बैठक बोलाएलगत्तै सभापति थापाले राजीनामा बुझाएका हुन् । सभापतिजीले राजीनामा दिनुभयो...
३ चैत काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका दुई नवनिर्वाचित सांसदविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ।सिन्धुली क्षेत्र नं १ बाट निर्वाचित धनेन्द्र कार्की र उदयपुर क्षेत्र नं २ बाट निर्वाचित सूर्यबहादुर तामाङविरुद्ध मंगलबार रिट दायर भएको हो। सिन्धुली १ का एमाले उम्मेदवार प्रदीपकुमार कटुवाल र उदयपुर २ का नेकपा एमाले कै उम्मेदवार अम्बरबहादुर रायमाझीले...
३ चैत रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादी र असिस्टेन्ट सब–इन्जिनियर मोहन शाहविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करार सेवा नवीकरणको लागि घुस लिएको र दिएको आरोपमा आज मेयर वादी र असिस्टेन्ट सब–इन्जिनियर शाहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।नगर प्रमुख वादीले आर्थिक वर्ष २०७९-०८०...
३ चैत कैलाली । बाजुरामा एक युवकको हत्या भएको छ । प्रहरीका अनुसार स्वामीकार्तिक गाउँपालिका २ पुडेनीका ३५ वर्षीय सर्वाश बुढाको हत्या भएको प्रहरीले जनाएको छ ।उनको टाउकोमा ढुंगा प्रहार गरेर हत्या भएको प्रहरीको भनाइ छ ।बुढाको घटनास्थलमै मृत्यु भएको एसएसपी विष्टले बताए । घटनाबारे वडाध्यक्ष विष्णुबहादुर बुढाले प्रहरीलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालय मुक्तिकोटबाट...
दीपककुमार शर्मा २ चैत बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा पाँचजना युवक बेपत्ता भएको प्रहरीले जनाएको छ ।बर्दिया राष्ट्रिय निकुञ्जको सुर्खेत संग सीमा जोडिएका उत्तर तर्फ सिकार खेल्न गएका सुर्खेतका ५ जना युवक सम्पर्कविहीन भएका प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरिक्षक एव सूचना अधिकारी मोहनजंग बुढाथापाले दिएको जानकारी...
२ चैत काठमाडौं । चलचित्र ‘पहाड’को टिजर सार्वजनिक गरिएको छ तुलसी घिमिरे निर्देशित चलचित्रको सार्वजनिक टिजरमा अधिकांश मुख्य कलाकार अटाएका छन् ।टिजरमा आम गाउँले जीवन देख्न सकिन्छ । जीवनका उतारचढाव समेटिएको टिजरमा प्रेम, धोका, वियोग, आक्रोश, बाध्यतालगायत पाटा देखाइएको छ । ‘पहाड’मा शिव श्रेष्ठ, विपीन कार्की, सुनील थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री,...
२ चैत काठमान्डौं । डिजेल र पेट्रोलको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यअनुसार नेपालमा पनि आयल निगमले मूल्य समायोजन गरेको हो ।निगमका अनुसार पेट्रोल प्रतिलिटर १५, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढेको छ ।