५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार
आज चैते दशैँको घटस्थापना
आज चैते दशैँको घटस्थापना
  • न्युज डेस्क

५ चैत काठमाडौँ । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैते दशैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा घटस्थापना गरी विधिपूर्वक नवदुर्गा देवीको पूजाआराधना गरिँदै छ ।चैत्र नवरात्रको घटस्थापनाका लागि आज बिहान ७ः५१ बजेको साइत उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीले जानकारी दिए ।

आज उत्तर फर्केर घटस्थापना गर्नुपर्ने साइत दिइएको पनि उनले बताए ।यस अवसरमा देशभरका देवी मन्दिर एवम् शक्तिपीठमा पनि पूजाआराधना एवम् उपासनाका लागि भक्तजनको लाम लाग्ने गर्छ ।शास्त्रीय नियमअनुसार वर्षमा चारवटा नवरात्र पर्ने गरेका छन् । आषाढ शुक्ल पक्ष, आश्विन शुक्ल पक्ष, पौष शुक्ल पक्ष र माघ शुक्ल पक्ष गरी वर्षमा चार नवरात्र मनाउने गरिएको हो ।

  • ५ चैत्र २०८२, बिहीबार प्रकाशित
  • Nabintech