२३ कार्तिक २०८३, आईतवार
२३ कार्तिक २०८३, आईतवार
रास्वपाका दुई सांसदविरूद्व मुद्दा दायर
रास्वपाका दुई सांसदविरूद्व मुद्दा दायर
  • न्युज डेस्क

३ चैत काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका दुई नवनिर्वाचित सांसदविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ।सिन्धुली क्षेत्र नं १ बाट निर्वाचित धनेन्द्र कार्की र उदयपुर क्षेत्र नं २ बाट निर्वाचित सूर्यबहादुर तामाङविरुद्ध मंगलबार रिट दायर भएको हो।

सिन्धुली १ का एमाले उम्मेदवार प्रदीपकुमार कटुवाल र उदयपुर २ का नेकपा एमाले कै उम्मेदवार अम्बरबहादुर रायमाझीले उनीहरूलाई निर्वाचित घोषणा गर्ने आयोगको निर्णय बदर गरेर आफूलाई निर्वाचित घोषणा गर्न माग गरेका छन्। उनीहरू कालोसूचीमा रहेको भन्दै अयोग्य भएको दाबी गरेका छन्।

  • ३ चैत्र २०८२, मंगलवार प्रकाशित
  • Nabintech