२ चैत्र २०८२, सोमबार
२ चैत्र २०८२, सोमबार
बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका पाँचजना युवक बेपत्ता
बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका पाँचजना युवक बेपत्ता
  • न्युज डेस्क

दीपककुमार शर्मा
२ चैत बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा पाँचजना युवक बेपत्ता भएको प्रहरीले जनाएको छ ।बर्दिया राष्ट्रिय निकुञ्जको सुर्खेत संग सीमा जोडिएका उत्तर तर्फ सिकार खेल्न गएका सुर्खेतका ५ जना युवक सम्पर्कविहीन भएका प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरिक्षक एव सूचना अधिकारी मोहनजंग बुढाथापाले दिएको जानकारी अनुसार ५ जना संगै सिकार खेल्न गएका एक जना घरमा फर्किएपछि अन्य ५ जना हराएको भन्दै गाउमा हल्ला भएपनि प्रहरीले चासो लिएको थियो । अहिले ति व्यक्ति समेत सम्पर्क विहिन भएको उहाले बताउनु भयो ।

घटनाको विषयमा बुझने प्रयास भैरहेको उहाले बताउनु भयो । उहाका अनुसार बेपत्ता हुनेमा बराहताल गाउँपालिका १ ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनिल समसेली र लेकवेशी नगरपालिका ८ गंगटे घर भई हाल बर्दिया बस्ने ४५ वर्षीय दुर्गाबहादुर सिजाली रहेका छन् ।
उनीहरू गत फागुन २३ गते सिकार खेल्न गएका थिए ।

  • २ चैत्र २०८२, सोमबार प्रकाशित
  • Nabintech