२३ कार्तिक २०८३, आईतवार
२३ कार्तिक २०८३, आईतवार
एन्फाले कमजोरी लुकाउन अरूलाई दोष दियो : राखेप
एन्फाले कमजोरी लुकाउन अरूलाई दोष दियो : राखेप
  • न्युज डेस्क

८ चैत  काठमाडौं । नेपाल र हङकङबीचको मैत्रीपूर्ण फुटबल स्थगित गरिएको सम्बन्धमा राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल संघ एन्फा लाई आफ्नो कमजोरी लुकाउने प्रयास बन्द गर्न आग्रह गरेको छ ।आइतबार दिउँसो एन्फाले एक विज्ञप्ति जारी गर्दै राखेपले रंगशाला उपलब्ध नगराएको भन्दै उक्त खेल स्थगित गर्नुपरेको जनाएको थियो ।

तर, राखेपले तत्काल प्रतिक्रिया जनाँउदै एन्फालाई गत चैत ३ गते नै स्वीकृति दिएको पत्र पनि सार्वजनिक गरेको छ । उक्त पत्रमा राखेपले साउन्ड सिस्टमको १५ हजार, फ्लड लाइट प्रतिदिनको २५ हजार, स्कोरबोर्डको ५ हजार गरी कुल ४५ हजार रुपैयाँ राखेपको खातामा जम्मा गर्न भनेको छ । उक्त रकम जम्मा भएपछि माग गरिएका मितिका लागि दशरथ रंगशाला उपलब्ध गराइने जनाइएको छ ।

  • ८ चैत्र २०८२, आईतवार प्रकाशित
  • Nabintech