२२ कार्तिक २०८३, शनिबार
२२ कार्तिक २०८३, शनिबार
व्यवसायी दीपक भट्टको पासपोर्ट रोक्का
व्यवसायी दीपक भट्टको पासपोर्ट रोक्का
  • न्युज डेस्क

१७ चैत काठमाडौं । व्यवसायी दीपक भट्टको पासपोर्ट रोक्का गरिएको छ । अध्यागमन विभागले मङ्गलवार उनको पासपोर्ट रोक्का गरेको हो ।विभाग स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण विभागले उनको पासपोर्ट रोक्का गर्न पत्र पठाएको थियो ।विभागको पत्र अनुसार भट्टको पासपोर्ट आजबाट रोक्का गरिएको अध्यागमन स्रोतले जानकारी दिएको छ ।

सम्पत्ति शुद्धीकरण विभागले भट्टमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गरिरहेको छ । पासपोर्ट रोक्का भएसँगै अब भट्टले विदेश भ्रमणमा जान सरकारसँग अनुमति लिनु पर्ने हुन्छ ।

  • १७ चैत्र २०८२, मंगलवार प्रकाशित
  • Nabintech