
१४ चैत बाँके । पुर्व प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा बाँकेको नेपालगञ्जमा पनि गृहमन्त्रीको पुत्ला दहन गरिएको छ । नेपालगन्जको विपी चोकमा एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको बिरोधमा पार्टीका जनवर्गीय संगठनहरुले गृहमन्त्री विरुद्ध नाराबाजी गर्दै पुत्ला समेत दहन गरी विरोध प्रदर्शन गरेका हुन । प्रहरी र प्रदर्शनकारीबीच झडप पनि भएको छ । फोटो साभार सामाजिक संञ्जालबाट