२२ कार्तिक २०८३, शनिबार
२२ कार्तिक २०८३, शनिबार
ओली र लेखकलाई आज अदालतमा पेश गरिने
ओली र लेखकलाई आज अदालतमा पेश गरिने
  • न्युज डेस्क

१५ चैत काठमाडौँ । भदौ २३ र २४ गतेको घटनामा छानबिनका लागि पक्राउ गरिएका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकलाई आज प्रहरीले अदालतमा पेस गर्ने भएको छ ।शनिबार बिहानै निबासबाटै पक्राउ परेका दुवै नेतालाई अदालतबाट अनुमति लिएर म्याद थप्नु पर्ने भएकाले पेश गर्न लागिएको हो ।

प्रहरीको थुनामा राखेर अनुसन्धान गर्न जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँ हुँदै जिल्ला अदालत काठमाडौँ पेस गर्नु पर्ने हुन्छ ।ओली पक्राउपछि अस्पतालमा भर्ना भएका छन् । लेखक प्रहरीको २ नम्बर गण महाराजगन्जमा छन् ।

  • १५ चैत्र २०८२, आईतवार प्रकाशित
  • Nabintech