२३ कार्तिक २०८३, आईतवार
२३ कार्तिक २०८३, आईतवार
बालिका बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ
बालिका बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ
  • न्युज डेस्क

२१ चैत, रोल्पा । रोल्पामा बालिका बलात्कार गरेको आरोपमा एक जना शिक्षक पक्राउ गरेको प्रहरीले जनाएको छ । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय हार्जङमा अध्यापनरत शिक्षक ठगेन्द्र खड्कालाई बालिका बलात्कार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।शिक्षक खड्काले कक्षा ५ मा अध्ययनरत १२ वर्षीय बालिकालाई बलात्कार गरेको आरोप छ । घटना यही चैत्र १७ गतेको हो ।

पक्राउ परेका शिक्षकलाई अदालतबाट म्याद थप गराई थप अनुशन्धान गरिरहेको प्रहरीको भनाइ छ । शिक्षक खड्काले नाबालिकालाई विभिन्न प्रलोभनमा पारेर एकान्तमा बोलाएर बलात्कार गरेको आफन्त र स्थानीयको आरोप छ ।

  • २१ चैत्र २०८२, शनिबार प्रकाशित
  • Nabintech