२३ कार्तिक २०८३, आईतवार
२३ कार्तिक २०८३, आईतवार
प्रहरीले नै मनायो अप्रिल फूल !
प्रहरीले नै मनायो अप्रिल फूल !
  • न्युज डेस्क

१८ चैत काठमाडौं । आज अप्रिल १ तारिख । विश्वभर आजको दिनलाई ‘अप्रिल फुल’ अर्थात् मानिसलाई झुक्याउने दिनका रूपमा मनाउने गरिन्छ । नेपालमा पनि आजको दिन विभिन्न बहाना बनाएर एक–अर्कालाई मुर्ख बनाउने चलन छ ।सामान्यतया सर्वसाधारणले मात्रै ‘अप्रिल फुल’ मनाउने गरेको देखिन्थ्यो । तर यसपटक भने नेपाल प्रहरीले पनि फरक शैलीमा अप्रिल फुल मनाएको छ ।

नेपाल प्रहरीको २ मिलियनभन्दा बढी फलोअर्स भएको फेसबुक पेजमा आज एउटा क्यूआर कोडसहितको स्टाटस पोस्ट गरिएको थियो ।उक्त पोस्टमा ‘तपाईं विरुद्ध कतै कुनै उजुरी वा निवेदन परेको त छैन सुनिश्चित गर्न एक पटक क्यूआर कोड स्क्यान गर्नुहोस् ।’ भनेर लेखिएको थियो । तल क्यूआर कोड पनि राखिएको थियो । धेरै फेसबुक प्रयोगकर्ताले यसलाई गम्भीर रूपमा लिँदै धमाधम स्क्यान गरे ।तर क्यूआर कोड स्क्यान गर्दा कुनै उजुरी वा सूचना नभई ‘अप्रिल फुल’ सन्देश देखिएपछि प्रयोगकर्ताले आफू झुक्किएको महसुस गरे ।

  • १८ चैत्र २०८२, बुधबार प्रकाशित
  • Nabintech