१८ चैत काठमान्डौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको हत्याको विषयमा अनुसन्धानका लागि पक्राउ परेका काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी सीडीओ छवि रिजाल मंगलबार पक्राउ परेर सोही दिन रिहा भए । तर, सोही मुद्दामा अनुसन्धानको लागि पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक भने अदालतबाट म्याद थप गरेर हिरासतमा नै छन् । सरकारको...
१७ चैत काठमाडौं । काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल छुटेका छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले जिम्मा जमानीमा छाडेको एसपी पवनकुमार भट्टराईले जानकारी दिए । उहाँसँग बुझ्नुपर्ने कागजातहरू सबै बुझ्यौं । बुझेपछि खोजेका बखतमा उपस्थित हुने गरी जिम्मा जमानीमा छाडेका छौं,’ उनले भने । रिजाललाई उनका भतिजको जिम्मामा छाडिएको हो ।
१७ चैत काठमाडौं । व्यवसायी दीपक भट्टको पासपोर्ट रोक्का गरिएको छ । अध्यागमन विभागले मङ्गलवार उनको पासपोर्ट रोक्का गरेको हो ।विभाग स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण विभागले उनको पासपोर्ट रोक्का गर्न पत्र पठाएको थियो ।विभागको पत्र अनुसार भट्टको पासपोर्ट आजबाट रोक्का गरिएको अध्यागमन स्रोतले जानकारी दिएको छ । सम्पत्ति शुद्धीकरण विभागले भट्टमाथि सम्पत्ति शुद्धीकरणको...
१७ चैत काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सिंहदरबारमा आगो लगाउनेलाई कारबाही गर्नुपर्ने बताएका छन् ।उनले सिंहदरबारको भित्तामा आगो लगाउनेहरू, सिंहदरबारलाई न्याय चाहिएको छ कि छैन भनेर पनि सोधेका छन् । सिंहदरबाको भित्ता एउटा पर्खाल मात्रै नभएर देशको सार्वभौमसत्ताको प्रतीक रहेको उनको भनाइ छ । साथै, सिंहदरबारमा आगो लगाउनेलाई कठघरामा ल्याउन...
१६ चैत, काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ परेकी छिन् ।काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई केहीबेर अघि पक्राउ गरेको हो । प्रहरीले उनलाई काठमाडौंको धुम्बाराहीबाट पक्राउ गरेको हो ।उनले एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोप लागेका थियो । शर्मालाई मुद्दा चलाउन नपर्ने राय सहित जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा तयार...
१५ चैत काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।काठमाडौं जिल्ला अदालतका न्यायाधीश आनन्द श्रेष्ठको एकल इजलासले उनीहरूलाई ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो ।ओली र लेखकको बयान बाँकी रहेकाले अदालतले म्याद थप गरिएको काठमाडौं अदालतका सूचना अधिकारी दीपककुमार...
१५ चैत काठमाडौँ । भदौ २३ र २४ गतेको घटनामा छानबिनका लागि पक्राउ गरिएका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकलाई आज प्रहरीले अदालतमा पेस गर्ने भएको छ ।शनिबार बिहानै निबासबाटै पक्राउ परेका दुवै नेतालाई अदालतबाट अनुमति लिएर म्याद थप्नु पर्ने भएकाले पेश गर्न लागिएको हो । प्रहरीको थुनामा...
१४ चैत काठमाडौं । विरोध प्रदर्शनमा उत्रिएका नेकपा एमालेका सात कार्यकर्तालाई शनिबार चैत १४ प्रहरीले नियन्त्रणमा लिएको छ । बबरमहलबाट चार र सिंहदबार प्रवेश गर्ने मुख्य गेट आसपास क्षेत्रबाट तीनजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा कार्यकर्ताले प्रदर्शन गरेका हुन् । नियन्त्रणमा लिइएका...
१४ चैत बाँके । पुर्व प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा बाँकेको नेपालगञ्जमा पनि गृहमन्त्रीको पुत्ला दहन गरिएको छ । नेपालगन्जको विपी चोकमा एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको बिरोधमा पार्टीका जनवर्गीय संगठनहरुले गृहमन्त्री विरुद्ध नाराबाजी गर्दै पुत्ला समेत दहन गरी विरोध प्रदर्शन गरेका हुन । प्रहरी र प्रदर्शनकारीबीच...
१४ चैत काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुका अध्यक्ष दीपक धामीले मातहतका कमिटीलाई राजनीतिक प्रतिशोध साँध्ने गतिविधिको भण्डाफोरका लागि सडकमा उत्रिन आह्वान गरेका छन् । अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा शनिबार प्रदर्शनमार्गमा आयोजित विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै उनले अनेरास्ववियुका सबै कमिटीहरूलाई सडकमा उत्रिन आह्वान...