४ असोज काठमान्डौं ।राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता हरिप्रसाद कँडेल पुर्पक्षका लागि जेल चलान भएका छन्। नक्कली शैक्षिक प्रमाणपत्र बनाउन संलग्न भएको आरोपमा पक्राउ परेका कँडेल जेल चलान भएका हुन ।चितवनको कालिका नगरपालिका ५ पदमपुरका हरिप्रसाद कँडेललाई भदौ ४ गते रुपन्देही प्रहरीले पक्राउ गरेको थियो। कँडेल रास्वपाको बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक...
३ असोज दैलेख । दैलेख जिल्लाको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत सातौँ तह टंक बहादुर कार्की एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।अख्तियार दुरूपयोग अनुसन्धान आयोग केन्द्रीय र आयोगको सुर्खेत कार्यालयबाट खटिएको संयुक्त टोलीले कार्कीलाई शुक्रबार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ मंगलगढी चोकबाट नियन्त्रणमा लिएको हो। आयोगका अनुसार कार्कीले सडक स्तरोन्नति...
२ असोज बाँके । बाँकेका सरकारी कार्यालय तोडफोड र लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।सामुदायिक प्रहरी, जयसपुरका अध्यक्ष शालिकराम पाठक र दीपक टमाटालाई प्रहरीले सो आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिनु भयो । पाठकलाई नेपालगञ्जको जयसपुरस्थित घरबाट र टमाटालाई सुर्खेतबाट पक्राउ गरिएको...
दीपककुमार शर्मा १ असोज बर्दिया । बर्दियामा आगजनी र लुटपाट गर्ने लाई प्रहरीले खोजी गरिरहेको छ । यसै क्रममा जेनजीको आन्दोलनका नाममा बर्दियामा भएको आगजनी र लुटपाटको आरोपमा ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जेनजीको आन्दोलनका क्रममा भदौं २४ गते गुलरिया नगरपालिका, नेकपा एमालेका पार्टि कार्यालय , नेपाली काग्रेसको पार्टि कार्यालय , बारबर्दिया नगरपालिका २ को वडा...
१ असोज काठमाडौं । त्यसो त नेपालमा जेन जीको आन्दोलनका क्रममा केहि झुट र अफवाह फैलिएका थिए । त्यस्तै मध्येको एक थियो पुर्व प्रधानमन्त्री झलनाथ खनालकी श्रीमतीको घरमा लागेको आगोमा परी मृत्यु भएको भन्ने हल्ला चलेको थियो यसको कतैबाट पुष्टि हुने अवस्था नभएपनि केहि भारतिय टेलिभिजन र पत्रपत्रिकाले समेत लेख्न भ्याएका थिए । यसै क्रममा चर्चित भारतीय युट्यूवर ध्रुव राठीले...
१ असोज काठमाडौं । सरकारले जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानमा राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा दिएको छ ।गृह मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को यही भदौ ३० गतेको निर्णयअनुसार असोज १ गतेलाई सार्वजनिक बिदा घोषणा गरिएको हो । भदौ २३ र २४ गते जेनजी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन...
काठमाडौं । निजामती सेवाका सचिवहरूले संघीय तहमा रहेका दरबन्दीहरु २० प्रतिशतले कटौती गर्ने निर्णय गरेका छन् । मंगलबार बसेको सचिवहरुको बैठकले मन्त्रालय, आयोग, सचिवालय र कार्यालयहरूमा रहेको दरबन्दी औसतमा २० प्रतिशतले कटौती गर्ने निर्णय गरेको हो । मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा सचिवहरूको बैठकले २० असोजभित्र संशोधित दरबन्दी स्विकृतीका लागि मन्त्रिपरिषदमा...
दीपककुमार शर्मा ३१ भदौं बर्दिया । देशका विभिन्न कारागारबाट भागेका सात जना कैदीबन्दी बर्दियामा पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यलय बर्दियाका अनुसार सुन्धारा कारागार , नख्खु, कारागार , दाङ तुलसीपुर र दार्चुला कारागारबाट फरार भएका सात जना कैदीबन्दीलाई बर्दिया प्रहरीले पक्राउ गरेको हो ।कैलाली घोडाघोडी नगरपालिका–६ का ७३ वर्षीय कालु भनिने कालु दमई जबर्जस्ती मुद्दाका...
३१ भदौं काठमान्डौं । जेन जीको प्रदर्शनका क्रममा सिंहदरबार र आसपासका सरकारी कार्यालयमा गरी ४सए ४१ वटा साना ठूला सवारी साधनमा आगजनी तथा तोडफोड भएको पाइएको छ।त्यस्तै ६०१ वटा मोटरसाइकल तथा स्कुटरमा आगजनी र तोडफोड भएको प्रारम्भिक तथ्यांक सरकारी कार्यालयले निकालेको छ।अर्थमन्त्रालयको ३६ वटा चार चक्के र ५४ वटा दुई चक्केमा आगजनी भएको छ। गृहमन्त्रालयको २५ वटा चार चक्के...
३० भदौं काठमान्डौं । सुदन गुरूङ समूहले आइतबार राति प्रधानमन्त्री निवास बालुवाटार अगाडि नाराबाजी गर्दै प्रधानमन्त्रीको राजीनामा समेत मागेका छन ।आफूहरूसँग सल्लाह नै नगरी मन्त्रिपरिषद् विस्तार गरिएको भन्दै जेन–जीको अगुवा दाबी गर्ने सुदन गुरूङ समूहले प्रधानमन्त्री निवास बालुवाटारअगाडि प्रदर्शन र नाराबाजी गरेको हो। उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामासमेत...