
१२ साउन सुर्खेत । नेपाली कम्युनिष्ट पार्टी नेकपा कर्णाली प्रदेशसभा दल नेता मंगलबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम नेता शाहीलाई मुख्यमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालय सुर्खेतका सूचना अधिकारी मनमाया काउचाले जानकारी दिए ।