
१४ चैत काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुका अध्यक्ष दीपक धामीले मातहतका कमिटीलाई राजनीतिक प्रतिशोध साँध्ने गतिविधिको भण्डाफोरका लागि सडकमा उत्रिन आह्वान गरेका छन् ।
अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा शनिबार प्रदर्शनमार्गमा आयोजित विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै उनले अनेरास्ववियुका सबै कमिटीहरूलाई सडकमा उत्रिन आह्वान गरेका हुन् ।देशैभरीका सबै साथीहरू, सबै जिल्ला कमिटी, सबै विश्वविद्यालय कमिटी सडकमा आएर राष्ट्रको प्रणालीलाई बेठीक तरिकाले दुरुपयोग गर्ने, कानुनका छिद्रहरूमा टेकेर राजनीतिक प्रतिशोध साँध्ने गतिविधिको हामीले भण्डाफोर गर्नुपर्छ,’ अध्यक्ष धामीले भने ।उनले शनिबार अनेरास्ववियुले सरकारलाई खबरदारीमात्रै गरेको र आइतबारदेखि प्रदर्शन निरन्तर रहने पनि बताए ।