जाजरकोट । जाजरकोटबाट करीब ८ करोड १६ लाख ६८ हजार रुपैयाँ बराबरको खाद्यान्न निर्यात भएकोे तथ्यांकले देखाएको छ । जिल्ला कृषि विकास कार्यालय जाजरकोटको तथ्यांकअनुसार चालु आर्थिक बर्ष २०८०/८१को पुष मसान्तसम्म जाजरकोटबाट आठ करोड ८ लाख ६८ हजार मूल्य बराबरको खाद्यान्न निर्यात भएको हो । चालु आर्थिक वर्ष २०८०/८१ को हालसम्म खाद्यान्न तर्फको मकै मात्रै ९५ लाख मूल्य बराबरको...
जाजरकोट । जाजरकोटमा २२ प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको पाइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाइ जाजरकोटका अनुसार जाजरकोटमा गत वर्ष भन्दा २२ प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको हो । गत बर्ष ५ सय ६० हेक्टर क्षेत्रफलमा ५ हजार ९ सय म्याट्रिक टन बराबर सुन्तला उत्पादन भएको जाजरकोटमा यस वर्ष भने ६ सय २० हेक्टर क्षेत्रफलमा...
काठमाण्डौ । सार्वजनिक संस्थानहरुमध्ये पछिल्ला दिनमा आर्थिक रुपमा सबल बन्दै गएको नेपाल विद्युत् प्राधिकरणले ६० अर्ब रुपैयाँ बराबरको साधारण शेयर (आइपीओ) बिक्री गर्ने भएको छ । शेयर बिक्रीका लागि अर्थ मन्त्रालयले सहमति प्रदान गरिसकेको छ । अर्थको सहमतिपछि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्ने तयारी गरेको छ । प्राधिकरण सञ्चालक...
जाजरकोट । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले भूकम्प प्रभावित जिल्लाका नागरिकलाई कर्जा सहुलियत दिन नेपाल राष्ट्र बैंकसँग माग गर्नुभएको छ । बिहीबार राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा गभर्नर महाप्रसाद अधिकारीसँगको छलफलमा मन्त्री सिंहले जाजरकोट भूकम्पले असर गरेका जिल्लाका नागरिकलाई कर्जा सहुलियत दिन माग गर्नुभएको हो...
जाजरकोट । जाजरकोट जिल्लामा १ करोड ८० लाख भन्दा बढिको मौरी नष्ट भएको छ । गत कार्तिक १७ गते राति गएको भुकम्पले जाजरकोटमा १ करोड ८० लाख भन्दा बढिको मौरी नष्ट भएको हो । रामिडाडाँलाई केन्द्रविन्दु बनाएर गएको भुकम्पले जाजरकोट जिल्लाको पिपे, मैदे, रिसाङ्ग, पाली, कल्पत, डाडाँगाउँ, कैना, कट्के, टट्टा, करुवा, लहँ, रामीडाँडा र सिर्पाचौरमा १ करोड ८० लाख ४४ हजार ६५० लागतको मौरी नष्ट...
काठमाडौं । दशैंपछिको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । आइतबार नेप्से परिसूचक २८.१८ अंकले घटेर १८७५.६५ विन्दुमा बन्द भएको छ । जम्मा ७४ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बैंकिङ उपसमूह १७, विकास बैंक ५५, फाइनान्स २३, होटल तथा पर्यटन १२८, जलविद्युत् २९, जीवन बीमा १९७, उत्पादन ५८, माइक्रोफाइनान्स ३४, निर्जीवन बीमा १९२, अन्य १३ र ब्यापार उपसमूह...
जाजरकोट । जाजरकोटमा पछिल्लो समय मौरी पालन कृषकहरूको सङ्ख्या बढ्दै गइरहेको छ । बजारमा स्थानीय महको माग बढ्न थालेपछि मौरी पालन व्यवसाय प्रति स्थानीयवासीको मोह बढ्दै गएको हो । भेरी नगरपालिका २ डिगाकी विमला बोहरा वलीले मौरी पालन गरेको लामो समय भएको छ। व्यावसायिक मौरी पालन गर्दै आएकी वलीलाई सुरुमा मौरी पालनबाट आम्दानी गर्न सकिन्छ भन्ने खासै विश्वासै थिएन । मौरी पालन...
जाजरकोट । डिभिजन वन कार्यालय जाजरकोटले २१ लाख भन्दा बढी राजस्व संकलन गरेको छ । आर्थिक बर्ष २०७९/०८० मा कार्यालयले २१ लाख २ हजार २ सय ७० रूपैयाँ राजस्व संकलन गरेको हाे । जममध्ये रातो च्याउ संकलन बाट २९ हजार २ सय ५० रुपैंया, मह बाट १ लाख ४४ हजार, पाषणवेद बाट २ लाख ८० हजार, बोजो बाट ५ हजार ५ सय, सुगन्धवाला बाट ५ हजार १ सय २५ रुपैंया, कालीकाटको दाना बाट ३८ हजार ७ सय ५० रुपैंया,...
काठमाडौं । आजदेखि आर्थिक वर्ष २०८०र८१ सुरु भएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारले घोषणा गरेका विभिन्न कर सम्बन्धी व्यवस्था कार्यान्वयनमा आएका छन् । आयकर ऐन २०५८ मा सरकारले गरेको संशोधित व्यवस्था अनुसार आज साउन १ गतेदेखि वाषिर्क ५० लाख रुपैयाँभन्दा बढी कमाउनेलाई ३९ प्रतिशत आयकर लाग्ने छ । यसअघि वाषिर्क २० लाख रुपैयाँभन्दा माथि कमाउनेहरुलाई ३६ प्रतिशत आयकर...
काठमाडौं । नेपालको सार्वजनिक ऋण साढे २१ खर्ब भन्दा माथि पुगेको छ । अर्थ मन्त्रालय मातहतको सार्वजनिक व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्ष (आव) २०७९/८० को १० महिना (साउन–वैशाख)सम्मको आंकडामा सार्वजनिक ऋण २१ खर्ब ५४ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । जसमा आन्तरिक ऋणले बाह्य ऋणलाई उछिनेको छ । तथ्यांक अनुसार नेपालले तिर्न बाँकी ऋणमध्ये आन्तरिक ऋण १० खर्ब...