१७ बैशाख २०८१, सोमबार
१७ बैशाख २०८१, सोमबार
जाजरकोटमा २२ प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि
जाजरकोटमा २२ प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि
  • paschimpatra

जाजरकोट । जाजरकोटमा २२ प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको पाइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाइ जाजरकोटका अनुसार जाजरकोटमा गत वर्ष भन्दा २२ प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको हो ।

गत बर्ष ५ सय ६० हेक्टर क्षेत्रफलमा ५ हजार ९ सय म्याट्रिक टन बराबर सुन्तला उत्पादन भएको जाजरकोटमा यस वर्ष भने ६ सय २० हेक्टर क्षेत्रफलमा सुन्तलाको उत्पादन २२ प्रतिशतले बढेर ८ हजार १ सय २० म्याट्रिक टन भएको छ । यो जिल्लाकै अहिलेसम्मकै बढी उत्पादन भएको परियोजना इकाइ कार्यालय जाजरकोटका प्रमुख दीपेन्द्र पोख्रेलले बताउनुभयो ।

प्रमुख पोख्रेलका अनुसार यस वर्ष असल बगैचा व्यवस्थापन, काटछाट, अनुकुल मौसम, सिंचाई क्षेत्र विस्तार, बगैचा सुदृढीकरण कार्यक्रम संचालन, आकस्मिक वाली संरक्षण शिविर, स्थलगत तथा जिल्ला स्तरीय क्षमता अभिवृद्धि तालिमबाट सिकेका प्राविधिक ज्ञान सिप व्यवहारमा लागु गरिएको कारण पनि यसको उत्पादनमा वृद्धि भएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाइ जाजरकोटका अनुसार यस वर्ष कृषकको खेतबारीमा ३२ करोड ४८ लाख बराबरको सुन्तला उत्पादन भएको मुल्यांकन गरेपनि हाल सम्म २७ करोड बराबरको आम्दानी भएको तथ्यांक संकलन गरिएको छ ।

जिल्लाको कुशे गाउपालिका, नलगाड नगरपालिका, भेरी नगरपालिका र छेडागाड नगरपालिकाका सबैभन्दा बढी सुन्तला उत्पादन हुने गरेको छ ।

  • ९ माघ २०८०, मंगलवार प्रकाशित
  • Nabintech