१२ श्रावण २०८१, शनिबार
१२ श्रावण २०८१, शनिबार
प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि १० करोड बजेट
प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि १० करोड बजेट
  • paschimpatra

काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि १० करोड बजेट विनियोजन गरेको बताएका छन् ।

मंगलबार अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ को अन्तर्गत छोरीलाई रोजगार उन्मुख शिक्षा प्रदान गर्नको लागि १० करोड बजेट विनियोजन गरेको बताएका हुन् ।

उनले यो कार्यक्रम प्रदेश तथा स्थानीय तहको सहकार्यमा सञ्चालन गरिने बताउदै यस कार्यक्रमले छोरीलाई रोजगारउन्मुख शिक्षा तथा उद्यमशील प्रवर्द्धन गर्ने उद्देश्य राखेको बताएका छन् ।

  • १५ जेष्ठ २०८१, मंगलवार प्रकाशित
  • Nabintech