१७ बैशाख २०८१, सोमबार
१७ बैशाख २०८१, सोमबार
जाजरकाेटमा १ करोड ८० लाख भन्दा बढिको मौरी नष्ट
जाजरकाेटमा १ करोड ८० लाख भन्दा बढिको मौरी नष्ट
  • paschimpatra

जाजरकोट । जाजरकोट जिल्लामा १ करोड ८० लाख भन्दा बढिको मौरी नष्ट भएको छ ।

गत कार्तिक १७ गते राति गएको भुकम्पले जाजरकोटमा १ करोड ८० लाख भन्दा बढिको मौरी नष्ट भएको हो ।

रामिडाडाँलाई केन्द्रविन्दु बनाएर गएको भुकम्पले जाजरकोट जिल्लाको पिपे, मैदे, रिसाङ्ग, पाली, कल्पत, डाडाँगाउँ, कैना, कट्के, टट्टा, करुवा, लहँ, रामीडाँडा र सिर्पाचौरमा १ करोड ८० लाख ४४ हजार ६५० लागतको मौरी नष्ट भएको कृषि विकास कार्यालय, जाजरकोटले जनाएको छ ।

कार्यालयका सुचना अधिकारी टोपेन्द्र विश्वकर्माले दिएको जानकारी अनुसार भुकम्पले आधुनिक, मुढे र खोपे घारका गरी जम्मा १ हजार २०७ घार मौरी नष्ट भएका छन् ।

१ हजार २०७ घार मौरीले उत्पादन गर्ने मह १४ हजार ४८४ किलो मह नष्ट भएको सुचना अधिकारी विश्वकर्माले जानकारी दिनुभयो । प्रतिगोला मौरीको मुल्य ४ हजार, प्रतिघार आधुनिक घारको मुल्य ४ हजार, मुढे घारको मुल्य ३ हजार ५००, प्रति किलो महको मुल्य ६०० का दरले जम्मा १ करोड ८० लाख ४४ हजार ६५० लागतको मौरी, घार र मह नष्ट भएको विश्वकर्माले जानकारी दिनुभयो ।

  • १२ मंसिर २०८०, मंगलवार प्रकाशित
  • Nabintech