१७ बैशाख २०८१, सोमबार
१७ बैशाख २०८१, सोमबार
 नेप्सेमा दोहोरो अंकको गिरावट, २०० कम्पनीको सेयर मूल्य घट्यो
 नेप्सेमा दोहोरो अंकको गिरावट, २०० कम्पनीको सेयर मूल्य घट्यो
  • paschimpatra

काठमाडौं । दशैंपछिको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ ।

आइतबार नेप्से परिसूचक २८.१८ अंकले घटेर १८७५.६५ विन्दुमा बन्द भएको छ । जम्मा ७४ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

बैंकिङ उपसमूह १७, विकास बैंक ५५, फाइनान्स २३, होटल तथा पर्यटन १२८, जलविद्युत् २९, जीवन बीमा १९७, उत्पादन ५८, माइक्रोफाइनान्स ३४, निर्जीवन बीमा १९२, अन्य १३ र ब्यापार उपसमूह ७४ अंक घटे ।

२७ कम्पनीको सेयर मूल्य बढ्दा २०० वटा कम्पनीको घट्यो । ७ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

अपर सोलु हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै करिब ९ प्रतिशत बढ्यो । त्यस्तै सीवाईसी लघुवित्तको मूल्य ६.६, घलेम्दी हाइड्रोको ५.७, बीपीडब्लू लघुवित्तको ५.६ प्रतिशतले मूल्य बढ्यो ।

आइतबारदेखि कारोबारमा आएको सोनापुर मिनरल्सको सेयर मूल्य भने १० प्रतिशत घट्यो । प्रतिकित्ता ३५० रुपैयाँबाट कारोबार भएको सो कम्पनीको मूल्य प्रतिकित्ता ३१५ रुपैयाँमा झरेको छ ।

त्यस्तै एनएचपीसी हाइड्रोको मूल्य ७.९ प्रतिशत घट्यो । धेरै रकमको कारोबार हुने कम्पनीमा एनएचपीसी, हाथवे इन्भेस्टमेन्ट, सिटिजन लाइफ, नबिल बैंक र घोराही सिमेन्ट क्रमशः अगाडि रहे ।

  • १२ कार्तिक २०८०, आईतवार प्रकाशित
  • Nabintech