१ वैशाख काठमाडौं । आजदेखि विक्रम संवत् २०८२ साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् । नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ ।
१ बैशाख सल्यान । सल्यानमा चट्याङ लागेर एक वालिकाको मृत्यु भएको छ भने अन्य तिन जना घाइते भएका छन । आइतबार अपराह्न ४ बजेतिर परेको चट्याङले एक बालिकाको मृत्यु भएको छ। तीन जना घाइते भएको प्रहरीले जनाएको छ । कालिमाटी गाउँपालिका ६ ढोरेनीको घरमा चट्याङ पर्दा १३ वर्षीया करिश्मा घर्तीको मृत्यु भएको हो। घाइते बालिकालाई उपचार निम्ति सुर्खेतस्थित मेहलकुना अस्पताल लैजाने...
२९ चैत रुकुम पश्चिम । रुकुम पश्चिममा जिल्लाका विभिन्न ठाउँमा ७५ रोपनीमा लगाइएको लागु औषध अफिमखेती नष्ट गरेको छ ।चार दिनको अवधिमा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले खेति नष्ट गरेको जनाएको छ ।अफिम तयारी हुने याम भएकाले प्रहरीले उत्पादन हुने सम्बन्धित ठाउँसम्म पुगेर नष्ट गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले जानकारी...
२९ चैत दैलेख । दैलेखमा वडाध्यक्षलाई विद्युतको पोलमा बाँधेर कुटपिट गरिएको छ । दैलेखको दुल्लु नगरपालिका वडा नम्बर ३ का ५० वर्षीय वडाध्यक्ष कुलबहादुर कार्कीलाई राति विद्युतको पोलमा बाँधेर निर्घात कुटपिट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको जनाएको छ ।चामुण्डा विन्द्रासैनी नगरपालिका वडा नम्बर ९ डौंसुरका चार जना युवाहरूको समूहले चैते दसैंको दिन राति ९ बजेतिर...
२८ चैत जाजरकोट । बुधबार राति हावाहुरी सहित परेको वर्षा र चट्याङलेका रोल्पा र डोटिमा २ जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन । डोटी जिल्लाको सायल गाउँपालिका–६ दल्लेखमा परेको चट्याङले एक जनाको ज्यान गएको छ भने सात जना घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार हिजो राति चट्याङ लागेर सोही स्थानका लहरी नागरीकी श्रीमती ४० वर्षीय कमला नागरीको मृत्यु...
२८ चैत बाँके । अख्तियारले बाँकेको यातायात कार्यालयमा छापा मारेको छ । बाँकेको यातायात व्यवस्था कार्यालय, नेपालगञ्जमा कार्यरत कम्प्युटर अपरेटर सहित ४ जनालाई पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टंगाल र आयोगको बुटवल सम्पर्क कार्यालय, नेपालगञ्जबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई बुधबार पक्राउ गरेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले...
२५ चैत काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एस पी रन्जितसिंह राठौरले सबै अदालती प्रक्रिया पुर्याएर कारागार पठाइएको बताउनु भयो । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा राख्ने आदेश दिएपछि लामिछानेलाई शुक्रवार काठमाडौंबाट पक्राउ गरी शनिवार विमानमार्फत...
जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–१, खौलागाउँमा अवैध रूपमा लगाइएको अफिम खेती प्रहरी टोलीले फडानी गरी नष्ट गरेको छ। इलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको २० जनाको टोलीले ६५ रोपनी क्षेत्रफलमा फैलिएको अफिम खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिनुभयो। नियन्त्रण अभियान सक्रिय डीएसपी पाण्डेका अनुसार...
जाजरकोट । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले २०८२ सालभित्र 'ओलीकरण' को अन्त्य हुने दाबी गरेका छन्। जाजरकोटमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नेपाली राजनीतिमा व्यक्ति केन्द्रित, सत्तामुखी र अधिनायकवादी प्रवृत्तिको जरो काट्ने समय आइसकेको बताए। पत्रकारको "अहिलेको सरकार कति टिक्छ?" भन्ने प्रश्नमा भुसालले विचौलियालाई प्राथमिकता दिने सरकारको...
२५ चैत काठमान्डौ । वरिष्ठ पत्रकार भैरव रिसालको निधन पछि उहाँको चाहना अनुसार पार्थिक शरीर अस्पताललाई दान गरिएको छ ।मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहनुभएका वरिष्ठ पत्रकार रिसालको आइतवार राति ८ बजे ९७ वर्षको उमेरमा निधन भएको हो । उहाँको जन्म १९८५ साउन २९ गते भक्तपुरको तिथलीमा भएको थियो । वरिष्ठ पत्रकार रिसालले यसअघि नै मृत्यपश्चात् आफ्नो शरीर अध्ययनका लागि...