११ मंसीर बाँके । पार्टि अध्यक्षका मानहानी गरेको आरोपमा नेकपा एमालेको बाँके जिल्ला कमिटीले दुर्गा चौधरीलाई पार्टी सदस्यबाट निलम्बन गरेको छ। लुम्बिनीका प्रदेश सभा सदस्य सांसद दुर्गा चौधरीलाई एमाले बाँकेले मंगलबार पार्टी सदस्य निलम्बन गरी प्रदेश र केन्द्रीय कमिटीलाई बोधार्थ दिएको छ।सांसद चौधरीले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेललको मानहानि गरेको...
१० मंसीर रुकुम पश्चिम । रुकुम पश्चिममा छोराले बाबुको हत्या गरेको प्रहरीले जनाएको छ । धारिलो हतियार चक्कु प्रहार गरेर छोराले आफ्नै बुबाको हत्या गरेका हुन । रुकुम पश्चिम प्रहरीका अनुसार आठबिसकोट नगरपालिका–१० घारीखोलाका २० वर्षीय वीरबहादुर खत्रीले ५० वर्षीय बुबा दर्वे खत्रीको हत्या गरेका हुन् ।बाबुछोराको सामान्य विवादमा वीरबहादुरले चक्कु प्रहार गरेर बुबाको...
८ मंसीर काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री पदम राईको निधन भएको छ ।पार्किन्सन रोगबाट थलिएका उहाको उपचारका क्रममा शनिबार राजधानीको वीर अस्पतालमा निधन भएको माओवादी केन्द्रका नेता सुनद किरातीले पुष्टि गर्नुभएको छ । भोजपुर षडानन्द नगरपालिका बोयाका ५७ वर्षीय राई हाल नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रहनु भएको थियो ।राई तत्कालीन एकीकृत...
७ मंसीर दाङ । नेपाल कम्युनिष्ट पार्टी बहुमतका कार्यकर्ताहरूले मिटर व्याज लिएर सर्वसाधारण लाई ठगेको आरोपमा दाङमा श्रीमान श्रीमतीको नाक काटिदिएका छन । घोराही उपमहानगरपालिका वडा नं १५ का धर्मबहादुर बस्नेत र उहाँकी श्रीमती माधवा बस्नेतको नाकमा आक्रमण गरिएको बताइएको छ ।५्७ जनाको समूहमा आएका उनीहरूले घोराही उमनपा –१५ बीपी चोक नजिकै समातेर दुबै जनाको नाकको माथिल्लो...
७ मंसीर दाङ । दाङमा गत वर्षको तुलनामा यो वर्ष धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । यस वर्ष एक लाख ७८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी पृथ्वीराज लामिछाका अनुसार यो वर्ष ३६ हजार एकसय आठ हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो । पर्याप्त वर्षा र समयमै मलको उपलब्धताले उत्पादन बढेको हो । यहाँका किसानले...
६ मंसीर काठमान्डौ । अन्तराष्ट्रिय फौजदारी अदालतले इजरायल र हमासका नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।अन्तराष्ट्रिय अपराध अदालत आईसीसीका न्यायाधीशहरूले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र पूर्व रक्षामन्त्री योभ गालान्तका साथै हमासका सैन्य कमाण्डरका लागि पक्राउ पुर्जी गरेको हो।आईसीसीको अधिकार क्षेत्रमाथि इजरायलको चुनौतीलाई खारेज गर्दै...
६ मंसीर कैलाली । कैलाली जिल्ला समन्वय समिति प्रमुखमा उम्मेदवारी दिएकी नागरिक उन्मुक्ति पार्टीकी रुपमती डगौरा थारुले उम्मेदवारी फिर्ता लिएपछि नेपाली कांग्रेसकी उम्मेदवार टीका कुमारी चौधरी भूल निर्विरोध निर्वाचित भएकी छिन् । प्रदेश निर्वाचन कार्यालय सुदूरपश्चिमका आुसार भूलसहित दुई जनाको उम्मेदवारी परेको थियो । प्रदेश निर्वाचन कार्यालयले औपचारिक रुपमा तीन...
४ मंसीर बाँके । संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकीको निधन भएको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ गणेशपुर निवासी कांग्रेस नेता समेत रहनु भएका अब्दुल हमिद सिद्दिकीको ६० वर्षको उमेरमा गएराती हृदयाघातबाट निधन भएको परिवारले जनाएको छ । अब्दुल हमिद सिद्दिकी दोस्रो संविधानसभा २०७० मा सभासद् रहनु भएको थियो । उहाको आज अपराह्न ४ बजे अन्त्येष्टि गरिने...
४ मंसीर रुकुम । आफनै श्रीमानको हत्याको आरोमा रुकुममा एक जना महिला पक्राउ परेको प्रहरीले जनाएको छ । चौरजहारी नगरपालिका–२ निवासी ३२ वर्षीया दीपा कुमालले आफ्ना श्रीमान ४० वर्षीय मधु कुमालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ।प्रहरीका अनुसार दीपाले मधुको टाउकोमा चिर्पटले हानेर हत्या गरेकी हुन् । गएराति अन्दाजी २ः३० बजे घरायसी विवादको कारण...
४ मंसीर बुटवल । लुम्बिनी प्रदेशमा पछिल्लो समय मानसिक स्वास्थ्य समस्या जटिल बन्दै गइरहेको पाइएको छ ।पछिल्लो अध्ययनअनुसार लुम्बिनी प्रदेशमा १३ देखि १७ वर्षका छ दशमलव एक प्रतिशत किशोर–किशोरीमा मानसिक स्वास्थ्य समस्या देखिएको छ । यस्तै १८ वर्षमाथिका १३ प्रतिशत व्यक्ति आफ्नो जीवनकालमा मानसिक स्वास्थ्य समस्याबाट पीडित भएका र पाँच दशमलव चार प्रतिशतमा मानसिक स्वास्थ्य...