२७ कात्तिक, काठमाडौं । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै छ ।प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आसार शुक्ल एकादशी अर्थात्...
जाजरकोट । जाजरकोटमा भएको छुट्टाछुट्टै गाडी दुर्घटनामा २० जना यात्रु घाइते भएका छन । भेरी नगरपालिका ७ स्याउली बजारबाट नेपालगञ्ज जाँदै गरेको बा ५ ख १८९२ नम्बरको फोर्स गाडी आज विहान साढे ११ बजेतिर दुर्घटना भएको हो । गाडी मध्यपहाडी राजमार्ग अन्तरगत कुदुको जिरो प्वाइट नजिक सडकबाट करीब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा १० बालबालिका...
२६ कात्तिक बागलुङ । बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको ‘पिकअपभ्यान’ जैमिनी–७ जैदीको व्यार्थला नजिकै आज बिहान दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको छ । ग २ च ९२४७ ‘पिकअपभ्यान’ सडकदेखि एकसय मिटरभन्दा तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी केशव थापाले जानकारी दिए । घटनामा मृतकको...
२५ कात्तिक कालिकोट । कालिकोटमा भएको जिप दुर्घटनामा परी मृत्यु भएकाहरुको पहिचान भएको छ । कालिकोटको पलाँता गाउँपालिका–३ राडुमा भएको जीप दुर्घटनामा ६ जनाको मृत्यु भएको हो प्रहरीले यसअघि ९ जनाको मृत्यु भएको हुन सक्ने बताएको थियो ।मृत्यु हुनेमा पलाँता गाउँपालिका–६, का पदमबहादुर बम, दसकला शाही, भगवती रोकाया, गणेश शाही, वडा नम्बर ५ का छाया शाही र दमन रोकाया रहेका छन् । घाइते...
जाजरकोट । जिल्लामा पहिलो पटक खानेपानी गुणस्तर परिक्षण प्रयोगशाला स्थापना भएको छ । खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थान विभाग र जाजरकोट खलङ्गा सहलगानी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आर्थिक सहयोगमा उक्त प्रयोगशाला सन्चालनमा ल्याइएको हो । डब्लुएचओको प्राविधिक सहयोगमा सन्चालन गरिएको प्रयोगशाला विभिन्न १२ वटा प्यारामिटरमा पानीको गुणस्तर जाच...
२५ कात्तिक कास्की । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीलाई रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि २ कात्तिकमा पक्राउ परेका...
२५ कात्तिक विराटनगर । कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार दिउँसो विराटनगरबाट काठमाडौं गई प्रहरी अनुसन्धानमा सहयोग गर्न प्रहरी कार्यालय लगिँदै गरेको बताइएको छ। मुख्यमन्त्री कार्यालयबाट आएको विश्वसनीय स्रोतका अनुसार उनलाई आजै प्रहरी नियन्त्रणमा लिइएको हो। थप अनुसन्धानका लागि उनलाई...
२५ कात्तिक काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेलाई प्रहरीले आज पुन अदालत पेश गर्दैछ । जिल्ला अदालतले रविमाथि अनुसन्धान गर्न दिएको १० दिनको म्याद सकिएसँगै उनलाई आज पुन अदालतमा उपस्थित गराइन लागेको हो । यसअघि अदालतले रविमाथि अनुसन्धान गर्न कात्तिक २० गते १० दिनको म्याद थपको अनुमति...
२३ कात्तिक काठमान्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको सरकार कांग्रेसएमाले मिलेर नबनेको बताएका छन् । माओवादी केन्द्रको नेतृत्ववाला सरकारले विचौलिया, दलाल र पुँजीपतिको सेटिङ भत्काएपछि आत्तिएकाहरुले एमाले र कांग्रेस नेतृत्वलाई भेटेर सरकार फेर्न दबाब दिएपछि सरकार परिवर्तन भएको उनको भनाइ छ । योङ कम्युनिस्ट लिग वाईसीएल...
२३ कात्तिक सुर्खेत । सुर्खेतमा भएको गाडी दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ। बिहीबार दिउँसो दैलेखबाट सुर्खेत आइरहेको कर्णाली प्रदेश ०२००१ ख ९९८ नम्बरको हायस गाडी सुर्खेत र दैलेखको सीमानामा पर्ने रातानाङ्लामा दुर्घटनामा परेको थियो।दुर्घटनामा परी दैलेखको भैरबी गाउँपालिका–५ का गाडी चालक ३८ वर्षीय सुरेश केसी, भैरबी गाउँपालिका–२ का ३६ वर्षीय कर्णबहादुर...