२८ फाल्गुन २०८१, बुधबार
२८ फाल्गुन २०८१, बुधबार
गणतन्त्रलाई कुनै खतरा छैन, राजतन्त्र फर्कदैन : एमाले नेता निरज आचार्य (भिडियो सहित)
गणतन्त्रलाई कुनै खतरा छैन, राजतन्त्र फर्कदैन : एमाले नेता निरज आचार्य (भिडियो सहित)
  • paschimpatra

जाजरकोट । नेकपा (एमाले)का नेता निरज आचार्यले गणतन्त्रवादी शक्ति र आम जनतालाई पूर्वराजासँग झस्कनुपर्ने कुनै आवश्यकता नरहेको बताएका छन्।

आज जाजरकोटमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नेपालको गणतन्त्र कुनै हालतमा उल्टिन नसक्ने दाबी गरे। “राजतन्त्र फर्कने कुरा असम्भव छ। इतिहासलाई उल्ट्याउने कुनै सम्भावना छैन,” आचार्यले भने।

पत्रकारले राजनीतिक दलहरू सच्चिने कि नसच्चिने भन्ने प्रश्न उठाउँदा उनले यसबारे स्पष्ट धारणा राख्न आवश्यक रहेको बताए। “कुन-कुन कुरामा सुधार गर्नुपर्छ भन्ने बुँदागत रूपमा प्रस्तुत गर्नुपर्छ। तर, केही कुरामा सुधार आवश्यक छ भन्नेचाहिँ स्वीकार गर्नुपर्छ,” उनले भने।

आचार्यले गणतन्त्रलाई बलियो बनाउन दलहरू जिम्मेवार बन्नुपर्नेमा जोड दिए। “जनताले गरेका अपेक्षाहरू पूरा गर्नु नै दलहरूको पहिलो दायित्व हो,” उनले थपे।

हालैका दिनहरूमा पूर्वराजा ज्ञानेन्द्र शाहको विभिन्न कार्यक्रममा उपस्थिति र समर्थकहरूको गतिविधिले पुनः राजतन्त्र फर्कन सक्ने चर्चाहरू चलेका छन्। तर, आचार्यले यस्ता अड्कलबाजीलाई आधारहीन भन्दै गणतन्त्र स्थायी रूपमा स्थापित भइसकेको तर्क गरे।

  • २८ फाल्गुन २०८१, बुधबार प्रकाशित
  • Nabintech