१ चैत दैलेख । दैलेखमा रूखको हाँगाले लागेर दुई जनाको मृत्यु भएको छ।दैलेखको भैरवी गाउँपालिका वडा नम्बर ५ ढाडगाउँका २७ वर्षीय ईन्द्रबहादुर शाही र ४९ वर्षीय तर्कबहादुर शाहीको रूखको हाँगाले लागेर मृत्यु भएको प्रहरीले जनाएको छसियाला सामुदायिक वनमा सल्लाको दाउरा काट्ने क्रममा उनीहरूलाई रूखको हाँगाले लागेको थियो। उनीहरू वार्षीक कार्यका लागि जंगलमा दाउरा काट्न गएका थिए।
उनीहरू दुवै जनाको शुक्रबार बिहान करिब सवा १० बजेतिर घटनास्थलमै मृत्यु भएको दैलेखका प्रहरी प्रमुख डिएसपी सुनिल दाहालले बताए।