२९ फागुन काठमान्डौ । रंगहरूको पर्व होली आज पहाडी भेगमा मनाइदै छ । भोली तराई मधेशका जिल्लाहरूमा मनाइँदै छ । पहाडी र हिमाली जिल्लामा आज धुमधामका साथ यो पर्व मनाइदै छ । पहाडी र हिमाली जिल्लाहरुमा होली मनाएको भोलिपल्ट तराई मधेशका जिल्लाहरुमा मनाउने चलन छ । होलीको अवसरमा सरकारले आज हिमाली र पहाडी जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ ।त्यसो त तराई मधेशमा दिनदिनै होली पर्वको रौनक छ । विहिवार देखि सुरु भएको होली सुक्रवार खेल्ने तयारी मधेशमा छ ।
सबैलाई एउटै रङ्गमा रङ्गाउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको छ । हिन्दू, मुस्लिम, सिख, इसाई, मङ्गोल, किराँत, राई आदिमा एकताको सन्देश दिँदै यस पर्वले सबैको मनमा उमङ्ग एवं उत्साहको सञ्चार गर्दै आएको छ । असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको छ ।