जाजरकोट । भेरी नगरपालिका र नलगाड नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरूको पहिचान तथा स्वास्थ्य परीक्षणका लागि विशेष अपाङ्गता स्वास्थ्य पहिचान शिविर सम्पन्न भएको छ। पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोट र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा सम्पन्न उक्त शिविर स्थानीय समुदायका लागि निकै लाभदायक बनेको छ। शिविर समुदायिक संलग्नता बाल स्पोन्सरसिप परियोजना...
२६ फागुन जाजरकोट। घरमा आगलागी हुँदा जाजरकोटमा १२ बर्षिय बालकको मृत्यु भएको छ । जाजरकोट कुशे गाउँपालिका ८ ग्राक्लीका जनकबहादुर रोकायको घरमा आगलागी हुँदा उनका १२ वर्षीय छोरा अम्मर रोकायको मृत्यु भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार राती करिब १२ बजे खाना पकाउने चुलोबाट आगो लागेको थियो । खाना पकाउने चुलोबाट सल्किएको आगोले घर पूर्ण रूपमा...
जाजरकोट । गृहमन्त्री रमेश लेखकले जाजरकोटमा पुनर्निर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन इकाइको कार्यालय उद्घाटन गर्नुभएको छ । भूकम्पपछिको पुनर्निर्माण तथा पुनःस्थापनाका कार्यहरूलाई व्यवस्थित गर्न सरकारले स्थापना गरेको उक्त कार्यालयको उद्घाटन गर्दै मन्त्री लेखकले भूकम्प प्रभावित क्षेत्रमा शीघ्र पुनर्निर्माणका लागि सरकारले विशेष प्राथमिकता दिएको...
२५ फागुन काठमाडौं । काठमान्डौमा अहिले सडक अस्तव्यस्त बनेको छ । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट आउनुभन्दा घन्टौं अगाडिबाट त्रिभुवन विमानस्थलबाहिर सडकमा प्रदर्शन सुरु भएको छ । बाक्लो संख्यामा उपस्थित भएका प्रदर्शनकारीले राजसंस्थाको पक्षमा र सरकारका विरुद्ध नाराबाजी गरिररहेका छन् । प्रदर्शनकारीले ‘राजतन्त्र जिन्दावाद’ ‘राजा आऊ देश बचाऊ’ ‘गणतन्त्र मुर्दावाद’...
२३ फागुन बर्दिया । आफनै सालीको हत्याको आरोपमा भिनाजु र भिनाजुको बुहारीलाई पक्राउ गरिएको बर्दिया प्रहरीले जनाएको छ ।बर्दियाको ठाकुरबाबा नगरपालिका वडा १ की राधा बोहोराको हत्याको आरोपमा सोही स्थान निवासी भिनाजु नाता पर्ने ६९ बर्षिय शान्तबहादुर खत्री र उनकी बुहारी २४ बर्षिया उमाकुमारी खत्री पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक ऋषिराम...
जाजरकोट । जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । भे २ त १६७३ नम्बरको ट्याक्टर भेरी नगरपालिका १ कालेगाउँ बराको थान नजिकै भएको दुर्घटनामा परि छेडागाड नगरपालिका ५ का वर्ष १८ का बालकृष्ण परियार, भेरी नगरपालिका ४ रानागाउँका वर्ष २१ का प्रकाश बादी, कुशे गाउँपालिका ५ खुर्पाका वर्ष २५ का भीम परियार र भेरी नगरपालिका ६ का धर्मराज खड्का घाइते भएका जिल्ला प्रहरी...
२० फागुन कैलाली । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेशम चौधरीलाई माओवादी पार्टिमा आउन आग्रह गर्नु भएको छ ।कैलालीको टीकापुरमा आजदेखि सुरु भएको थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाले यस्तो आग्रह गर्नु भएको हो ।‘जनताको बलिदानीपूर्ण आन्दोलनबाट संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको छ, यसले...
१९ फागुन सुर्खेत । सुर्खेतको भेरीगङ्गा नगरपालिका–९ का वडाध्यक्षको निधन भएको छ । नेपाली कांग्रेसबाट २०७९ मा वडाध्यक्षमा निर्वाचित भएका प्रेमबहादुर आग्रीको निधन भएको छ । आइतबार मध्यराति भारतको महाराष्ट्रमा उपचारका क्रममा उनको निधन भएको हो । उनी विगत एक वर्षदेखि क्यान्सर उपचारका क्रममा भारतमा रहेका थिए । परिवारका सदस्यले दिएको जानकारी अनुसार उनको मिर्गौलामा...
१९ फागुन मुगु । नेपालकै प्रमुख पर्यटकीयस्थल रारा घुम्न आएका एक जना आन्तरिक पर्यटकको मृत्यु भएको छ । रारा घुम्न गएका काभ्रेको धुलिखेल नगरपालिका–१० स्थायी ठेगाना भएका वर्ष ५४ का भुवन विश्वकर्माको आज बिहान लेक लागेर मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेको जानकारी दिनु भयो । जिल्ला अस्पताल मुगुका चिकित्सक नकुल शाहीका अनुसार विश्वकर्मा आइतबार राति...
१९ फागुन दाङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दाङ तुलसीपुरस्थित टरिगाउँ विमानस्थल विस्तारका लागि तत्काल एक करोड बजेट विनियोजन गरेको छ । मन्त्रालयले थप ९९ करोड बजेट सुनिश्चित गर्नका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरेको जानकारी प्राप्त भएको तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले जानकारी दिनु भयो ।विसं २०११ मा स्थापना भएको उक्त विमानस्थल...