२७ फाल्गुन २०८१, मंगलवार
२७ फाल्गुन २०८१, मंगलवार
गृहमन्त्री लेखकद्वारा जाजरकोटमा पुनर्निर्माण कार्यालय उद्घाटन
गृहमन्त्री लेखकद्वारा जाजरकोटमा पुनर्निर्माण कार्यालय उद्घाटन
  • न्युज डेस्क

जाजरकोट । गृहमन्त्री रमेश लेखकले जाजरकोटमा पुनर्निर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन इकाइको कार्यालय उद्घाटन गर्नुभएको छ ।

भूकम्पपछिको पुनर्निर्माण तथा पुनःस्थापनाका कार्यहरूलाई व्यवस्थित गर्न सरकारले स्थापना गरेको उक्त कार्यालयको उद्घाटन गर्दै मन्त्री लेखकले भूकम्प प्रभावित क्षेत्रमा शीघ्र पुनर्निर्माणका लागि सरकारले विशेष प्राथमिकता दिएको बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेखकले , भूकम्पबाट क्षति भएपछि नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्युनिकरण पुनस्थापना प्राधिकरण, प्रदेश सरकार स्थानीय तह, एकै साथ चल्नु पर्ने बताउनु भयो । उहाँले विस्तृत परियोजना (डिडिए) छिटोछरितो गरिने बताउनु भयो । डिडिएको काम समयमा सम्पन्न गरि पुननिर्माणको कामलाई अघि बढाउन सरकार लागी परेको बताउनु भयो । भूकम्पले घर भत्किएपछि पुननिर्माण पुर्व गरिने डिडिएका लागी जाजरकोटमाा ५० जना, रुकुमपश्चिममा ४८ जना प्राविधिकले काम गरि रहेको बताउनु भयो । फिल्डमा खटिएका प्राविधिकको कमी भएपछि सरकारले थप गर्ने बताउनु भयो ।

मन्त्री लेखकले जाजरकोट जिल्लामा अलपत्र परेको योजनाहरुका विषयमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदमा छिटोछरितो सम्पन्न गर्न जाजरकोटी जनताको गुनासोलाई सम्वोधन गर्ने बताउनु भयो । सरकार जनताको अवस्था परिवर्तन गर्न प्रतिवद्ध रहेको भनाई छ “।

उद्धाटन समारोहमा जाजरकोट र रुकुम पश्चिमका जनप्रतिनिधिहरु, प्रशासनिक अधिकारी, सुरक्षाकर्मी, समाजसेवी तथा नागरिकहरूको उपस्थिति थियो । जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रहरूमा पुनर्निर्माणको गति तीव्र पार्न सरकारले जाजरकोटमा कार्यालय स्थापना गरेको छ ।

सरकारले पुनर्निर्माणका लागि आवश्यक बजेट, जनशक्ति तथा आवश्यक स्रोतसाधन परिचालन गर्ने प्रतिबद्धता जनाएको छ । स्थानीयबासीहरूले पनि नयाँ कार्यालय स्थापना भएसँगै पुनर्निर्माण कार्यलाई अझ सहज बनाउने अपेक्षा गरेका छन् ।

  • २५ फाल्गुन २०८१, आईतवार प्रकाशित
  • Nabintech