२७ फाल्गुन २०८१, मंगलवार
२७ फाल्गुन २०८१, मंगलवार
काठमान्डौंमा राजावादीहरुको प्रर्दशन
काठमान्डौंमा राजावादीहरुको प्रर्दशन
  • न्युज डेस्क

२५ फागुन काठमाडौं । काठमान्डौमा अहिले सडक अस्तव्यस्त बनेको छ । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट आउनुभन्दा घन्टौं अगाडिबाट त्रिभुवन विमानस्थलबाहिर सडकमा प्रदर्शन सुरु भएको छ । बाक्लो संख्यामा उपस्थित भएका प्रदर्शनकारीले राजसंस्थाको पक्षमा र सरकारका विरुद्ध नाराबाजी गरिररहेका छन् ।

प्रदर्शनकारीले ‘राजतन्त्र जिन्दावाद’  ‘राजा आऊ देश बचाऊ’ ‘गणतन्त्र मुर्दावाद’ ‘हाम्रो राजा हाम्रो देश प्यार भन्दा प्यारो छ’ लगायतका नाराहरु लगाएका छन् । राजावादीहरूको प्रदर्शनका कारण यस क्षेत्रको यातायात अवरुद्ध बनेको छ ।कुनै आयोजकको ब्यानर नरहेको भिडमा उपस्थितहरुले राष्ट्रिय झण्डा बोकेका छन् । हजारौं सख्यामा प्रहरी चरिचालन गरिएको छ ।

  • २५ फाल्गुन २०८१, आईतवार प्रकाशित
  • Nabintech