२७ बैशाख २०८२, शनिबार
२७ बैशाख २०८२, शनिबार
सालीको हत्या अभियोगमा भिनाजु पक्राउ
सालीको हत्या अभियोगमा भिनाजु पक्राउ
  • न्युज डेस्क

२३ फागुन बर्दिया । आफनै सालीको हत्याको आरोपमा भिनाजु र भिनाजुको बुहारीलाई पक्राउ गरिएको बर्दिया प्रहरीले जनाएको छ ।बर्दियाको ठाकुरबाबा नगरपालिका वडा १ की राधा बोहोराको हत्याको आरोपमा सोही स्थान निवासी भिनाजु नाता पर्ने ६९ बर्षिय शान्तबहादुर खत्री र उनकी बुहारी २४ बर्षिया उमाकुमारी खत्री पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक ऋषिराम घर्तिमगरले जानकारी दिनु भयो ।

गएको फागुन ४ गते ठाकुरबाबा नगरपालिका १ भुरिगाउँमा बाहिरबाट ताला लगाएको अवस्थामा आफू बस्दैआएको घरमा राधा बोहोराको शव फेला परेको थियो। प्रहरीले शव फेला पारेपछि तालिम प्राप्त कुकुरसहित अनुसन्धान गरेको थियो। केहि दिनको अनुसन्धान बाट घटनाको रहस्य खुलेको हो ।हत्यामा संलग्न भएको पुष्टि भएपछि बर्दिया अदालतबाट पक्राउपुर्जी जारी गरी उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । प्रहरीका अनुसार लेनदेन र घरायसी दुस्मनीको कारणले हत्या भएको भन्ने अनुसन्धानमा खुल्न आएको प्रहरीको अनुमान रहेको छ ।

  • २३ फाल्गुन २०८१, शुक्रबार प्रकाशित
  • Nabintech