२७ फाल्गुन २०८१, मंगलवार
२७ फाल्गुन २०८१, मंगलवार
जाजरकोटको एक घरमा आगो लाग्यो , १२ वर्षिया बालकको मृत्यु
जाजरकोटको एक घरमा आगो लाग्यो , १२ वर्षिया बालकको मृत्यु
  • न्युज डेस्क

२६ फागुन जाजरकोट। घरमा आगलागी हुँदा जाजरकोटमा १२ बर्षिय बालकको मृत्यु भएको छ । जाजरकोट कुशे गाउँपालिका ८ ग्राक्लीका जनकबहादुर रोकायको घरमा आगलागी हुँदा उनका १२ वर्षीय छोरा अम्मर रोकायको मृत्यु भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार राती करिब १२ बजे खाना पकाउने चुलोबाट आगो लागेको थियो । खाना पकाउने चुलोबाट सल्किएको आगोले घर पूर्ण रूपमा क्षति भएको छ । घरमा आगलागी भएपछि स्थानीयको सहयोगमा उद्धार गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घर पूर्ण रूपमा जलेर नष्ट भएपछि लत्ताकपडा भाँडाकुँडा, अन्नपात नगदसहित गरगहना जलेर नष्ट भएका छन् । सोमबार आज बिहान सवा ४ बजे आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

  • २६ फाल्गुन २०८१, सोमबार प्रकाशित
  • Nabintech