२७ बैशाख २०८२, शनिबार
२७ बैशाख २०८२, शनिबार
रारा घुम्न गएका पर्यटकको लेक लागेर मृत्यु
रारा घुम्न गएका पर्यटकको लेक लागेर मृत्यु
  • न्युज डेस्क

१९ फागुन मुगु । नेपालकै प्रमुख पर्यटकीयस्थल रारा घुम्न आएका एक जना आन्तरिक पर्यटकको मृत्यु भएको छ । रारा घुम्न गएका काभ्रेको धुलिखेल नगरपालिका–१० स्थायी ठेगाना भएका वर्ष ५४ का भुवन विश्वकर्माको आज बिहान लेक लागेर मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेको जानकारी दिनु भयो ।

जिल्ला अस्पताल मुगुका चिकित्सक नकुल शाहीका अनुसार विश्वकर्मा आइतबार राति ९ बजे श्वास फेर्न समस्या भएपछि चेकजाँच गर्न जिल्ला अस्पताल पुगेका थिए ।आइतबार मात्र मृतक विश्वकर्मासहित २५ जनाको टोली रारा घुम्न रारा ताल क्षेत्रमा पुगेको थियो ।

  • १९ फाल्गुन २०८१, सोमबार प्रकाशित
  • Nabintech